Health news,
नुन कम खानुस्, क्यान्सरबाट बँच्नुस्
								Posted by Unknown
								Published on Tuesday, July 24, 2012
 खानामा नुन कम राखेर खाने मानिसलाई उच्च रक्तचाप तथा मुटु सम्बन्धि रोगको खतरा केही कम हुने कुरा त धेरै जनालाई थाहा होला । तर नुन कम भएको खाना खाने मानिसमा क्यान्सर जस्तो असाध्य रोग लाग्ने सम्भावना समेत कम हुन्छ भन्ने कुरा भने थाहा नहुन सक्छ । थाहा होस् पनि कसरी हालैमात्र एक अनुसन्धानले यस्तो कुरा पत्ता लगाएको हो ।
खानामा नुन कम राखेर खाने मानिसलाई उच्च रक्तचाप तथा मुटु सम्बन्धि रोगको खतरा केही कम हुने कुरा त धेरै जनालाई थाहा होला । तर नुन कम भएको खाना खाने मानिसमा क्यान्सर जस्तो असाध्य रोग लाग्ने सम्भावना समेत कम हुन्छ भन्ने कुरा भने थाहा नहुन सक्छ । थाहा होस् पनि कसरी हालैमात्र एक अनुसन्धानले यस्तो कुरा पत्ता लगाएको हो ।विश्व क्यान्सर अनुसन्धान कोषले गरेको अनुसन्धानले भोजनमा नुन लगायतका लवणको मात्रा कम गर्ने मानिसमा पेटको क्यान्सर हुने सम्भावना कम हुन्छ । जो मानिसले बढि नुन हुने ब्रेड जस्ता तयारी खाद्य पदार्थ कम खान्छ र तरकारीमा समेत नुनको मात्रा नियन्त्रण गर्छ उसमा पेटको क्यान्सर हुने सम्भावना घटेर जाने शोधको निष्कर्ष छ ।
कति नुन खानु उपयुक्त ?
भोजनमा धेरै नुन हुनु रक्तचापका लागि समेत हानिकारक हुन्छ र यसले अन्य मुटुरोग तथा हृदयाघात जस्ता समस्याको समेत खतरा बढाउँछ । यतिमात्र होइन बढि नुनले क्यान्सर समेत गराउँछ । त्यसैले हामीले भोजनमा नुनको मात्रा नियन्त्रणमा अति सावधानी अपनाउनुपर्ने भएको छ । भोजनमा प्रत्येक दिन ६ ग्राम सम्म मात्र नुन खानु स्वास्थ्यको लागि लाभदायक मानिन्छ । यो भनेको लगभग एक चियाचम्चा जत्ति हो । तरकारी,अचार तथा अरु खानामा गरी हामीले अवश्य पनि यो भन्दा बढि नुन खाइरहेका हुन्छौँ । यसले अवश्य पनि हामीलाई पेटको क्यान्सरतर्फ अग्रसर गराइरहेको कुरा थाहा पाउनैपर्ने हुन्छ । हामीले मात्र कहाँ हो र विश्वमा हरेक व्यक्तिले प्रत्येक दिन औषतमा ८.६ ग्राम नुन खाने गरेको क्यान्सर अनुसन्धान कोषको तथ्यांकले देखाउँछ । यदि नुनको यो मात्रालाई ६ ग्राममा झार्न सकेमा पेटको क्यान्सरमा १४ प्रतिशतले कमी हुने कोषको भनाइ छ । खानलाई स्वादिलो बनाउन मात्र होइन नुन लगायतका लवण सरीरका लागि अत्यावश्यक पनि हुन्छन् । तर यस्ता लवणको मात्रा आवश्यकता भन्दा बढि भयो भने त्यो हानिकारक हुन्छ । त्यसैले आफैले तयार पार्ने तरकारी तथा अचार लगायतका खाद्यपदार्थमा नुन कम राख्ने गर्नु उपयुक्त हुन्छ । साथै नुनको मात्रा बढि हुने विभिन्न फास्टफुड पनि कम मात्र खानु हितकर हुन्छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

