National news,
मैनालीको मुद्दा पुनरावलोकन गर्न आदेश
								Posted by Unknown
								Published on Tuesday, July 31, 2012
१६ साउन, काठमाण्डौ । एक जापानी महिलाको हत्या अभियोगमा १५ बर्ष जेल बसेर अघिल्लो महिना रिहा भएका नेपाली गोविन्दप्रसाद मैनालीको मुद्दा पुनरावलोकन गर्न टोक्यो उच्च अदालतले आदेश दिएको छ ।
मंगलबार भएको सुनुवाईमा न्यायाधीश मासाकाजु याकीले मैनालीको मुद्दा पुन सुनुवाई गरि अन्तिम किनारा लगाउन आज बिहान आदेश दिएका छन् । सरकारी वकिलले मैनाली दोषी रहेकाले उनको मुद्दा पुन सुनुवाई गर्न नहुने भन्दै दिएको रिटमाथि अदालतले यस्तो आदेश दिएको हो । अब मैनालीको मुद्दामाथि पुन सुनुवाई प्रकृया सुरु हुने छ ।
दुई महिना पहिले भएको सुनुवाईका क्रममा अदालतले मैनालीलाई रिहा गरि जेल बाहिर बसेरै मुद्दा लड्न पाउनुपर्ने फैसला गरेको थियो । सोहीअनुसार मैनाली रिहा भएर नेपाल फर्किएका छन् । मैनाली रिहा भएपछि सरकारी वकिलले उनी दोषी भएको भन्दै मुद्दा पुनरावलोकन नगर्न माग गर्दै रिट दायर गरेका थिए ।
प्रमाणहरुको डीएनए परिक्षण गर्दा हत्यामा मैनालीको संलग्नता नदेखिएपछि मैनालीका वकिलहरुले मुद्दा पुन सुनुवाईका लागि माग गरेका थिए । अब मैनालीको मुद्दाबारे पछिल्ला प्रमाणहरुलाई आधार मानेर सुनुवाई हुनेछ । उनी निर्दोष सावित हुने र क्षतिपूर्ति पाउने लगभग पक्का रहेको मैनाली सहयोग समितिका सदस्यहरुले बताएका छन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.





 

