Intresting news,
आमा-छोरालाई बिहे गर्न अनुमति !
								Posted by Unknown
								Published on Tuesday, July 24, 2012
बेमेल विवाहले कहिलेकाहीं अनौंठा समाजिक सम्वन्धलाई जन्म दिन्छ । यस्तै एक घटना भारतको बिहार राज्यमा पर्ने बक्सर जिल्लामा देखिएको छ । त्यहाँको एक महिला पञ्चायतले सौतेनी आमा र छोरावीच बिबाह गर्न अनुमति दिएको छ । जिल्लाको नावाजगर थाना अन्तरगतको भटौली गाउँ पञ्चायतले ५२ वर्षीय जवाहर पासवानकी दोस्री श्रीमती २२ वर्षीया पुनम र उनका २३ वर्षीय सौतेनी छोरा बिकाशकुमार पासवानबीच प्रेम सम्वन्ध रहेकाले दुबैलाई सँगै बस्ने अनुमति दिएको हो । ८ वर्षअघि पहिलो श्रीमतीको मृत्यु भएपछि जवाहरले पुनमसँग विवाह गरेका थिए । विकास जवाहरका पहिलो श्रीमतीपट्टीका छोरा हुन् । वन विभागका गार्ड रहेका जवाहरले १० दिन पहिले गाउँ पञ्चायतमा उजुरी दिए- छोराले आफ्नो वैवाहिक जीवन विगार्न खोजेको भन्दै । पञ्च मालती यादवले दुबै पक्षको कुरा सुनेपछि नातामा आमाछोरा पर्ने उनीहरुलाई बिहे गर्न पाउने फैसला सुनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनले फैसला सुनाउँदै भनिन्-’दुबै बयस्क छन् र आपसी सहमतिमा पति पत्नीका रुपमा रहन चाहन्छन्, त्यसैले यो पञ्चायत उनीहरुलाई विवाह गर्ने अनुमति दिन्छ ।’ पुनमले जवाहरसँगको सम्बन्धबाट दुई बच्चा जन्माएकी छन् । लफडा यतिमै मात्र सिमित छैन, विकास र जवाहर दुबैले बच्चामा दावी गरेका छन् । १४ वर्षको उमेरमै पुनमले जवाहरसँग विवाह गरेकी थिइन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

