Welcome Guest!
twitter facebook rss

,

चालु आर्थिक वर्षमा ७० मेगावाट बिजुली थप हुने

 साउन, काठमाडौं । चालु आर्थिक वर्षमा सार्वजनिक तथा निजी लगानीमा निर्माणाधीन छवटा जलविद्युत् आयोजना पूरा भई राष्ट्रिय प्रणालीमा ७० मेगावाट बिजुली थप हुने भएको छ । ऊर्जा मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा साना तथा ठूला आयोजनाहरूबाट थप ७० मेगावाट बिजुली थप हुने भएको हो । सत्तरी मेगावाट थप हुँदा जडित क्षमता ७८० मेगावाट हुने भएको छ । ऊर्जा मन्न्त्रालयका सचिव हरेराम कोइरालाका अनुसार मन्त्रालयले तयार पारेको वाषिर्क कार्यक्रमअनुसार राष्ट्रिय प्रसारणमा ७० मेगावाट बिजुली थप भए पनि राष्ट्रिय आवश्यकता पूरा नहुने भएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा ३० मेगावाटको चमेलिया, १०-१० मेगावाटका सिपि्रङ र तल्लोमोदी, आठ मेगावाटको आखु, ४.५ मेगावाटको विजयपुर र ५ मेगावाटको सिउरीबाट विद्युत् उत्पादन हुनेछ । यसैगरी देशका विभिन्न स्थानबाट साना आयोजनाहरूबाट थप विद्युत् उत्पादन भएर सो परिमाण पूरा हुने बताइएको छ । चमेलिया आयोजनाको सुरुङमा समस्या आएर निर्माण प्रभावित भए पनि यो आर्थिक वर्षको अन्त्यसम्म सो आयोजना पूरा हुने मन्त्रालयको दाबी छ । राष्ट्रिय प्रसारण प्रणालीमा ७० मेगावाट थप भए पनि लोडसेडिङमा भने कमी नआउने भएको छ । चालु आवमा विद्युत्को माग बढेर एक हजार १६३ मेगावाट पुग्ने प्रक्षेपण नेपाल विद्युत् प्राधिकरणले गरेको छ । वर्ष दिनमा नै ३८३ मेगावाट बिजुली आपूर्ति कम हुने बताइएको छ । चमेलिया विद्युत् प्राधिकरणले निर्माण गरिरहेको छ भने बाँकी सबै आयोजना निजी लगानीमा निर्माणा भइरहेका छन् । चालु आवमा थप तीन लाख ३५ हजार घरधुरीलाई विद्युत् सेवा पुर्‍याउने महत्वाकाँक्षी योजना अगाडि सारिएको छ । यसैगरी चालु आवमा लोडसेडिङ कम गर्न भारतबाट थप बिजुली आयात गर्ने तयारीसमेत सरकारले गरेको छ । हाल १४५ मेगावाट बिजुली आयात भइरहेको छ । प्रसारणलाइन सुदृढीकरण गरेर भारतबाट थप बिजुली आयात गर्ने सरकारले बताउँदै आएको छ । यसैगरी लोडसेडिङ कम गर्नका लागि प्राधिकरणले सोलार र बायोमास जस्ता वैकल्पिक स्रोतबाट उत्पादन हुने बिजुलीसमेत खरिद गर्ने योजना बनाएको छ । एसियाली विकास बैंक -एडिबी) को आर्थिक सहयोगमा सिंहदरबार क्षेत्रभित्र सौर्य विद्युत् प्रणालीको स्थापना गरी एक मेगावाट विद्युत् उत्पादन गर्ने तयारी ऊर्जा मन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार सो आयोजनाका लागि एडिबीले २३ लाख डलर आथिर्क सहयोग गरिसकेको छ । विसं. २०७१ चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका तर आर्थिक सङ्कटबाट निर्माण प्रभावित भएका निजी लगानीबाट निर्माण भइरहेका जलविद्युत् आयोजनालाई सहुलियत दिन थालिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ३३ मेगावाट क्षमताका सातवटा आयोजनालाई प्रतिमेगावाट रु दुई करोड का दरले सस्तो दरमा कर्जा दिइने भएको छ । यी सबै आयोजनाबाट आगामी तीन वर्षपछि विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ । यसैगरी सरकारले बुढीगण्डकी, दूधकोशी, नरसिंह गाड, माथिल्लो अरुण, तमोर लगायत जलाशययुक्त आयोजनाको कामसमेत अगाडि बढाउने भएको छ । रासस

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide