Welcome Guest!
twitter facebook rss

,

सहमतीमा हेलिकोप्टर प्रयोग गर्न आयोगको निर्देशन

१६ कार्तिक, काठमाडौं । निर्वाचन आयोगले आयोगको सहमति  लिएर मात्र हेलिकोप्टर प्रयोग गर्न एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई निर्देशन दिने निर्णय गरेको छ । आयोगको बैठकले सो निर्णय गर्दै अध्यक्ष दाहालले आयोगको अनुमति प्राप्त नगरी हेलिकोप्टर प्रयोग गरेको पाइएको हुँदा अब आइन्दा आयोगको सहमति प्राप्त गरेपछि मात्र हेलिकोप्टर प्रयोग गर्न उहाँलाई निर्देशन दिएको हो ।

आयोगद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता वीरबहादुर राईले निर्वाचन प्रचारको सन्दर्भमा आयोगको अनुमति लिएर मात्र हेलिकोप्टर प्रयोग गर्नुपर्नेमा अध्यक्ष दाहालले हेलिकोप्टर प्रयोग गर्नका लागि हिजो बुधबार आयोगमा अनुमति मागेको तर आयोगको अनुमति प्राप्त नगरी हेलिकोप्टर प्रयोग गरेको पाइएको जानकारी दिनुभयो । अध्यक्ष दाहालले पार्टीको निर्वाचन प्रचारको सन्दर्भमा बुधबार काभ्रेको पाँचखाल र दोलखामा आयोजित सभामा सम्बोधन गर्न जानेक्रममा हेलिकोप्टरको प्रयोग गर्नुभएको थियो ।

आयोगको बैठकले एमाओवादीबाट नुवाकोट जिल्लामा आचारसंहिता विपरीतका काम गरेको भनी उजुरी परेकाले सो पार्टीलाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारमा कुनै अवरोध नपु¥याउनु भनी सो पार्टीको केन्द्रीय कार्यालयलाई लेखी पठाउने निर्णय गरेको पत्रकार सम्मेलनमा प्रवक्ता राईले बताउनुभयो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दुईभन्दा बढी सवारी साधन प्रयोग गरेको भन्ने उजुरी आयोगमा प्राप्त भएकाले सो कार्य निर्वाचन आचारसंहिता विपरीत देखिएको भन्दै आयोगको बैठकले थापालाई तीन दिनभित्र जवाफ पठाउन आदेश दिइएको प्रवक्ता राईले जनकारी दिनुभयो ।

अध्यक्ष थापाले दुईभन्दा बढी सवारी साधन प्रयोग गरेको भन्ने उजुरी आयोगमा इलामबाट परेको थियो ।  बैठकले हिंसात्मक र प्रचलित कानुनले निषेध गरेका घटनालाई तत्काल अनुसन्धान र कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिने र आचार संहिताविपरीतका कार्यहरु दोहोरिएमा आयोगको ऐनबमोजिम कारबाही भई जाने व्यहोरा सूचित गर्ने निर्णय आयोगको आजकै बैठकले गरेको प्रवक्ता राईले जानकारी दिनुभयो ।

बैठकले राजनीतिक दल र अज्ञात समूहबाट निर्वाचनको वातावरण बिथोल्ने, जनतामा भय एवं त्रास उत्पन्न गर्ने प्रकृतिका गैरकानुनी घटना भएको, प्रचारप्रसारमा प्रयोग गरिएको सवारी साधनमा आगजनी भएको, प्रचार सामग्री लुट्ने, नष्ट गर्नेजस्ता आचारसंहिता विपरीतका गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता राईले आचारसंहिता अनुगमनका लागि आयोगका कर्मचारी तथा प्रहरीको संयुक्त टोली आज काठमाडौँ र भक्तपुरका जिल्लाका विभिन्न स्थानमा परिचालन भएको जानकारी दिनुभयो ।

सो टोलीले आचारसंहिताविपरीत विभिन्न राजनीतिक दलका उम्मेदवारले टाँसेका पोष्टरहरु च्यातेर फालिदिएको जानकारी उहाँले  दिनुभयो । टोलीले काठमाडौँको केशर पुस्तकालय, लैनचौर, लाजिम्पाट, पशुपति क्षेत्र, कोटेश्वर, नयाँ बानेश्वर क्षेत्रमा अनुगमन गरेको थियो । टोलीले सार्वजनिक स्थलमा टाँस गरिएका सयौँ स्थान पोष्टर, पार्टीका झण्डा, चुनाव चिन्ह हटाएको थियो । रासस

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide