National news,
सुदुरपश्चिमको प्रशिद्ध उग्रतारामा मेला
Posted by Unknown
Published on Saturday, October 12, 2013
२६ असोज, डडेल्धुरा । डडेल्धुराको उग्रतारा मन्दिरमा आज बिहानैदेखि मेला लागेको छ । सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठ मानिने सो स्थानमा सुरु भएको मेलामा देशका विभिन्न स्थानबाट सर्वसाधारण पुगेका छन् । किम्वदन्ती अनुसार २५ सय वर्ष पहिले हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएको र दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको छ ।
मन्दिरमा मेला भर्न कैलाली, कञ्चनपुर, वैतडी, डोटीलगायत भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् । मेलामा हजारौंको संख्यामा पशु बली दिने गरिन्छ । त्यसैगरी सुदूरपश्चिमका प्रमुख शक्तिपीठ बैतडी जिल्लाको निङलासैनी, देहिमाडौं, त्रिपुरासुन्दरी, मेलौली लगायत विभिन्न देवी मन्दिरहरुमा पनि मेला लागेको छ । देवीदुर्गाले राक्षसरुपी महिषासुरको वध गरेकाले राँगाको बली दिने चलन रहेको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





