Literature,
स्वतन्त्रताका लागि नरक रोज्न तयार छौँ कमरेड !
Posted by Unknown
Published on Saturday, August 17, 2013
पानी हो भन्दैमा
पोखरी र नदी एकै हुँदैन
एकै हुँदैन उसको कञ्चनपना
र प्राण दिने अक्सिजन
कैदी जीवनको अभ्यासमा रमाउने पानीहरुले
पोखरीमा आफूलाई अभ्यस्त गरे भन्दैमा
म नदी हुन पाउन्न र कमरेड ?
विचारको पोखरी भिर्ने तिम्रो झोलालाई गाली गरिनँ मैले
आँखै बिझाउने गरी अँकित विदेशी नामहरुलाई सरापिनँ
साहित्यका नाममा कोचाइएका पार्टीका सुखा नाराप्रति गुनासो रहेन
अपशब्द र अनावश्यक विशेषणले बद्नाम गरिनँ तिमी र तिम्राहरुलाई
तिमी आफैँ फुट्यौ कतिपल्ट, आपसमा टुक्रियौ
ती टुक्रामा कहिल्यै नूनचूक छरिनँ र तिमीलाई टुक्रे उस्ताद पनि भनिनँ
आफैँ नयाँ कार्लमाक्र्सझैँ सत्तोसरापको कारखाना खोल्यौ
शब्द सरस्वतीकै अपमान हुने गाली र अपशब्द पोख्यौ
दुनियाँको मानमर्दन गर्यौ
दुनियाँको तेजोबध गर्यौ
र शब्दशैयाका दलाली हर्कत
तिम्रा गाँसगाँसका दूधभात भए,
गाली अक्षरबाट उठायौ बिहानीको ताजा चिया र साँझको बिर्खे कफी
चिया र कफीको तुइनमा तिमीले राता अक्षर तार्न थाल्यौ भन्दैमा
स्वतन्त्रताको डिलमा उभिएर मैले आफ्नो कुरा बोल्न किन नपाउनु कमरेड रु
पहिलो पटकको रजस्वला पुछेकी कौतुकमय केटीको रातो टालोजस्तो
एक त्यान्द्रो कपडामा मुक्ति र सपनाको बुख्याचा च्यातेर
बाँडियौ लेनिनमा, माओमा र अनेकौँ नरसंहारकहरुको नाममा
तर त्यो तिम्रो प्रच्छन्न स्वतन्त्रता र बन्दविवेकप्रति
घृणाको बल्छी कहिल्यै हानिनँ मैले
र मानव हत्याको हर अपराधलाई हाँसीहाँसी सहिदिएँ, क्षमा दिएँ
स्वीकारेँ तिम्रो कृत्रिम उचाइ, डरले भन, त्रासले भन वा अवोध भएर भन
र वर्षौँ वर्ष तिमीमै लीन गरेँ आफ्नो स्वत्व, निजत्व
आफू हुनुलाई बिर्सेँ, आत्मा मारेँ र वर्गीय युद्धको गायत्री पढेर
आफ्नै मझेरीमा सारेँ जातीय विद्रोहको बीउ
आफ्नो रचना र अभिव्यक्तिलाई तिम्रै पार्टीको सीमाभित्र कैद गरेँ
आदेश पालन गरेँ, तिम्रा प्रभु महाप्रभुहरुको
म थुनिएँ रगतको कैदमा
म बाँधिएँ हत्याको सिक्रीले
म कैदी भएँ निरङ्कुशताको खुला कैदमा
दिइरहेँ मेरो भोको पेट र नाङ्गो ढाड
र तिमीले त्यहीँ गाड्यौ अपराधको छिर्के बुट्टा बसेको रातो झण्डा र भन्यौ –
‘यही हो मुक्ति १’
तिमीले आफ्नै आँखा टेवुलमा राखेर पराइ आँखाले दुनियाँ हे¥यौ भन्दैमा
म तिम्रा हत्यारा हत्केलाले आफ्नो मुख कति दिन छोपूँ
भन कमरेड भन
मेरो स्वतन्त्रतामाथि निरङ्कुश धावा बोल्ने हक तिमीलाई कसले दियो कमरेड रु
म मुक्ति चाहन्छु मनको र चेतनाको उज्यालो रोप्न चाहन्छु छातीमा
बाँधिएको परिभाषाको कालो मुक्ति मलाई मन परेन
तिमीबाट अलग्गिएर मान्छे हुन चाहन्छु म र उन्मुक्त भएर लेख्न चाहन्छु मेरो मुक्तिको गीत
बाँधिएको मान्छे फुकेको पशुजति स्वतन्त्र हुँदोरहेनछ
म एउटा कवि आफैँले रोज्छु आफ्नो भुइँ
र चाहन्छु त्यहीँ उभिएर आफैँले आकाश छुन र एउटा सग्लो र अग्लो मान्छे हुन
मेरो रोजाइले तिम्रो स्वार्थको कुन पाखामा पहिरो गयो
किन तिर्मिराए रावणका जस्ता तिम्रा दशै टाउका
पट्टै फुटेझैँ भयो शिवको तेस्रो आँखा
र तिमीलाई कुन प्रभुको इशाराले ऐठन ग¥यो कमरेड रु
तिमी एकदलीय टाट्नाको खसी भयौ भन्दैमा
हर मिर्मिरे बिहानीमा मैले मेरो आस्थाको दुवोमा पानी हाल्न किन नपाउने कमरेड रु
देश मेरो पनि हो
विचार रोज्ने स्वतन्त्रता मेरो पनि हो
बाटो मेरो पनि हो, माटो मेरो पनि हो
यात्रा फरक होला, फरक यात्राको गन्तव्य फरक होला
हृदयको बोलीमा नरक हुन्न, हृदयको बोलीमा स्वर्ग पनि हुन्न
तिमीलाई कसले भन्यो रु
कसले भन्यो यो संसार तिम्रो मात्र ठेक्का हो रु
विचार तिम्रो मात्र पवित्र हो
बोली तिम्रो मात्र सार्वभौम हो
तिमी कसरी निर्णायक भयौ
को हौ तिमी मेरो आस्थाको अन्तिम फैसला गर्ने
सार्वभौम मनहरु अब लिलाम हुँदैनन् कमरेड
कुनै मृत वादशाहको रातो जामा भिर्यौ भन्दैमा
तिमी मृतहरुको जीवित दास भयौ भन्दैमा समय तिम्रो दास हैन कमरेड
गणेशको सुँड फुक्लिएको यो बेला
राम भनिनेको श्रीपेच उखेलिएको यो बेला
तिमी आफैँ गणेश हुन खोज्यौ भन्दैमा
तिमी आफैँ राम हुन खोज्यौ भन्दैमा
आफ्नै हातले मारेको मान्छेको रगतनदी तरेर
स्वतन्त्रतालाई तिमीले नरक ठान्यौ
र, लाशैलाशको शिखर टेकेर रक्तरञ्जित माओको स्वर्ग कल्पियौ भन्दैमा
मैले मेरो स्वतन्त्रता छोड्नैपर्छ भन्ने के छ कमरेड रु
अब लुला नहून् मेरा हातगोडाहरु
न कामून् मेरा ओठहरु
न थर्थराऊन् छातीका सरगम
अब बाँध्न दिन्न तिम्रा निराङ्कुश साङ्लाले जीवनका शाश्वत मूल्यहरु
म थुनिएर बस्न पनि चाहन्नँ, म मर्न चाहन्नँ, मान्छे मार्न पनि चाहन्नँ
म उँड्न चाहन्छु चराझैँ उन्मुक्त
टक्क अडिन चाहन्छु मन परेको रुखमा
गाउन चाहन्छु आफ्नै आस्थाको गीत
तिमीलाई मन परेन भन्दैमा रुखहरु
तिमी रुखलाई किन गाली गर्छौ
तिमीलाई मन परेन भन्दैमा चराहरु
चरालाई किन गाली गर्छौ
र तिमीलाई मन परेन भन्दैमा गीतहरु
किन गाली गर्छौ गीतलाई
भन कमरेड के सृष्टिका यी सबै सुन्दर वस्तु तिम्रा लागि नरक हुन् ?
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





