Intresting news Tekman photo,
अब ट्वाईलेटकै पानी पिउन मिल्छ !!!
Posted by Unknown
Published on Thursday, August 15, 2013
पानीको अभाव खडि्कँदै छ । अझ शुद्ध पानी
झनै भेटिन छाडिसकेको छ । पानी शुद्ध पार्न भन्दै विभिन्न खाले फिल्टर तथा
झोल समेत बजारमा छन् । तर यी सबैमा भर पर्न भने कोहीपनि सकिरहेको छैन ।
पानी शुद्ध पार्ने जति उपाय र उपकरण छन् ती या त सुस्त या त झण्झटिलो छन् ।
तर एउटा यस्तो उपकरण बनेको छ जसले तत्कालै फोहोर भन्दा फोहोर पानीलाई पनि
पिउन योग्य बनाइदिन्छ ।
कतै हिँडेको बेलामा खुबै तिर्खा लाग्नु,
तर साथमा पानी नहुनु । पोखरी वा खोलाको पानी पनि झ्वाट्टै खाने आँट नहुनुले
गर्दा मान्छेलाई कहिलेकाहीँ अप्ठेरोमा पार्छ । तर यो पछिल्लो उपकरण भने
यसको उत्तर बनेर आएको छ ।
नली आकारको २२ सेन्टिमिटर लामो त्यो उपकरण
गोजीमा राखेर वा घाँटीमा भिरेर हिड्न मिल्छ । यसले यतिधेरै विश्वसनीय
तवरले पानी शुद्ध पार्छ की यसले छानेपछि ट्वाइलेटको पानी समेत खानयोग्य
हुन्छ ।
डेनमार्कमा बनाइएको यो उपकरणको नाम लाइफ
स्ट्र राखिएको छ । यो सन् २००५ मै बनेको भएपनि केही समय पहिलेबाट मात्र
फाएर बक्समार्फत अनलाइन बिक्रिमा राखिएको छ ।
यो निकै शक्तिशाली शुद्धिकरण पाइपको रुपमा
रहेको छ । यसले पानी शुद्धिकरण गरी ९९.९९९ प्रतिशत जिवाणु तथा अन्य
परजिवीलाई नष्ट गर्छ । पानी पिउने बेला यो नलीको एकापट्टकिो टुप्पो मुखमा
राखेर चुस्ने र अर्को पट्टकिो टुप्पो पानीमा राखेर डुबाउने गर्नुपर्छ ।
यसबाट ढुक्कसँग पोखरी, तलाउ, खोला तथा अन्य अशुद्ध पानी समेत मज्जाले पिउन
मिल्ने बताइएको छ ।
यो उपकरणको मूल्य २९.९९ पाउण्ड अर्थात् झण्डै ४ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
स्मरण रहोस् विश्वमा अहिलेपनि ८८ करोड
मानिसले शुद्ध पानी पिउन पाइरहेका छैनन् । सोही कारण वर्षेनी १८ लाख जनाको
पानीजन्य रोगका कारण ज्यान जाने गरेको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





