Welcome Guest!
twitter facebook rss

,

निर्वाचन बाहेक अन्य विषयमा लचकता अपनाउन सकिन्छ– नेता भट्टराई

एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले निर्वाचनको मिति सार्नेबाहेक बाँकी विषयमा असन्तुष्ट दलहरूसँगको वार्तामा लचकता अपनाउन सकिने बताउनुभएको छ ।    संविधानसभाको निर्वाचनका लागि जनसम्बन्ध अभियान काठमाडौँ क्षेत्र नम्बर–३ ले यही साउन १ गतेदेखि सञ्चालन गरेको एक महिने अभियानको आज जोरपाटीमा समापन गर्दै उहाँले मङ्सिर ४ को निर्वाचन मिति कुनै पनि हालतमा सार्न नसकिने स्पष्ट पार्नुभयो ।
केही सञ्चार माध्यमले आफूले बोलेको कुरालाई बङ्ग्याई एमाओवादीले पहिचानसहितको सङ्घीयता छोडेको भन्ने समाचार प्रकाशन गरेकामा आक्रोश व्यक्त गर्दै उहाँले पहिचानसहितको सङ्घीताबाट आफ्नो पार्टी कुनै हालतमा पछि नहट्ने स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो – “एमाओवादीले पहिचानसहितको सङ्घीयता छोड्यो भन्नु हाम्रो पार्टीलाई असफल बनाउन गरिएको प्रचार मात्र हो ।” विभिन्न षड्यन्त्रकारी शक्तिले अहिले पनि निर्वाचन बिथोल्न प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले निर्वाचन र संविधानकै लागि आफूले प्रधानमन्त्रीको पदसमेत त्याग गरेको उल्लेख गर्नुभयो । उहाँले आफ्नो पार्टीले छुटेका मतदाताको नामावली पुनः सूचीकृत गर्न  निर्वाचन आयोगलाई आग्रह गरिसकेको बताउनुभयो ।
पहिलो संधिवानसभा निर्वाचनमा आफ्नो दललाई जनताले ठूलो दल बनाएको स्मरण गर्दै उहाँले अब ठूलो दल होइन दुई तिहाई दिई संविधानको सुनिश्चितता गर्न आग्रह गर्नुभयो ।
परिवर्तन चाहने र नचाहने शक्तिबीचको द्वन्द्वले राजनीतिक सङ्क्रमण लम्बिएको उहाँको भनाइ थियो । कार्यक्रममा अभियानका सदस्य एवम् केन्द्रीय सल्लाहकार परिषद्का सदस्य रामनाथ मैनालीलगायतले बोल्नुभएको थियो ।
सो अवसरमा     राष्ट्रिय परिवर्तन नेपाल पार्टीका सम्पूर्ण पदाधिकारीसहित सबै केन्द्रीय सदस्य र विभिन्न पार्टी परित्याग गरी आएका सुन्दरीजल, जोरपाटी, गोकर्णलगायतका गाविसका ७१६ जना माओवादीमा प्रवेश गरेका थिए । कार्यक्रममा नेता डा. भट्टराईले विश्वनाथ योञ्जन तामाङद्वारा लिखित नाटक सङ्ग्रह ‘ह्यूल्सा मातृभूमि” को विमोचनसमेत गर्नुभएको थियो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide