Welcome Guest!
twitter facebook rss

,

अधिकारी हत्या प्रकरण नाटकीय


२९ श्रावण, काठमाडौं ।द्वन्दकालमा भएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणलाई पूर्वाग्रही ढंगले प्रचार गरिएको भन्दै एकीकृत माओवादीले आपत्ती जनाएको छ । पार्टी केन्द्रिय कार्यालय कोटेश्वर, पेरीसडाँडामा आज पत्रकार सम्मेलन गर्दै एकबीकृत माओवादीले घटनालाई नाटकीय ढंगले उचालेर शान्ति प्रक्रियालाई नै भाँड्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहालले घटनालाई कपोकल्पित र पूर्वाग्रही ढंगले प्रचार गरिएको भन्दै घटनाको अनुसन्धान प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिनुभएको छ । 

घटनामा आरोपित भनिएका कसैको पनि संलग्नता नभएको दाबी गर्दै अध्यक्ष दाहालले कपोकल्पित र पूर्वाग्रही ढंगले प्रचार नगर्न सबैसँग आग्रह गर्नुभयो । द्वन्द्वकालमा यस्ता कयौं घटना भएको भन्दै त्यसको उपयुक्त विधिबाट हल गरिनु पर्ने उहाँको भनाई छ । 

द्वन्द्वकालमा भएका घटनाको उचित समाधान सत्य निरुपण तथा मेमिलाप आयोग भएको उहाँले बताउनुभयो । विस्तृत शान्ति सम्झौतामा द्वन्द्वकालका सबै घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोगबाट हल गरिने स्पष्ट भनिएको भन्दै अध्यक्ष दाहालले शान्ति सम्झौता विरुद्व जान नमिल्ने तर्क गर्नुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide