National news,
माधव र प्रचण्डमा किन भयो फरक व्यवबहार ?
Posted by Unknown
Published on Saturday, August 17, 2013
प्रचण्डको नीजि सचिवालयले जारी गरेको प्रेस–बक्तव्य
विगत केही समययता पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष प्रचण्ड र हाम्रो पार्टीलाई कसरी हुन्छ बद्नाम गराउने उद्देश्यले विभिन्न पत्रपत्रिकामा आइरहेका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आइतबार एक दैनिक पत्रिकामा प्रकाशित ‘दाहालको गाडीलाई विमानसम्मे पुग्ने छुट’ शीर्षक समाचार यसैको पछिल्लो कडिको रुपमा आएको छ । अध्यक्ष प्रचण्डलाई कसरी बद्नाम गर्न सकिन्छ भनी आम जनमानसमा भ्रम सिर्जना गर्न अनावश्यक कुराहरुलाई उचालेर गरिएको यस्ता कुप्रचारको भ्रममा नपर्न आम जनसमुदायलाई अनुरोध गरिन्छ ।
विशेष गरी विमानस्थलको आन्तरिक उडान कक्षको भीआईपी कक्षदेखि विमानको नजिकसम्म भीआईपीहरुलाई जानको लागि विगत समयदेखि नै पूर्वप्रधानमन्त्री र गृहमन्त्रीसम्मका व्यक्तीहरुले आफ्नो निजी सवारीमार्फत् नै विमानस्थलको ‘फलो मी’को स्कटिङमा जाने गरेको कुरा सर्बविदितनै छ । यो विगतदेखि नै भइरहेको कुरालाई अनावश्यक रुपमा अध्यक्ष प्रचण्डले मात्र त्यसो गरेको भनी कुप्रचार गर्न खोजिएको छ । हामी त्यस्ता मिडियालाई पूर्वाग्रहपूर्ण समाचार प्रेषित गरी भ्रम सिर्जना नर्गन तथ्यपूर्ण समाचार दिन आग्रह गर्दछौं । अध्यक्ष प्रचण्ड मात्र होइन सबै पूर्वप्रधानमन्त्रीहरु आफ्नै सवारीमा विमास्थलकै स्कटिङमा जहाज नजिकसम्म जाने गरेका छन् र फर्कदा पनि त्यसरी नै स्कटिङमा फर्कने गरेका छन् । अध्यक्ष प्रचण्डले मात्र लिएको यो सुविधा भनी अत्यन्त एकाग्र, पूर्वाग्रही बनी समाचार प्रकाशित भएको प्रष्ट देखिन्छ । विगतदेखि चलिआएको प्रचलन र व्यवहारिकतालाई ख्यालै नगरी पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिलाई विना जानकारी र सुचना विना रोक्न खोज्ने र यसलाई अनावश्यक प्रचारबाजी गरी आफू चर्चामा आउन खोज्ने व्यक्ति निकायले समेत यसमा ध्यान दिन जरुरी छ ।
अध्यक्ष प्रचण्ड देशमा कुनै पनि हालतमा संविधानसभाको निर्वाचन गराउन अहोरात्र खटिरहनु भएको छ । देशलाई शान्ति र प्रगतितर्फ लानको निम्ति लागिपरिरहेको देखेर केही यथास्थितिवादी, पश्चगामी र अग्रगामी परिवर्तन विरोधी शक्तिहरुको डिजाइनमा बद्नाम गर्न एउटा कडीको रुपमा यस्ता समाचार आउने गरेको भन्ने प्रष्ट देखिन्छ । नत्र प्रचण्डलाई मात्र किन यस्तो आरोप लगाइन्छ । एउटा सामान्य कुरालाई भगेरा टाउके अक्षरमा प्रचार गर्न उक्साउने सम्बन्धित पक्षले यस बारेमा एकपटक सोच्न आग्रह गर्दछौं ।
भाद्र २, २०७० ।
प्रचण्डको नीजि सचिवालय
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





