Welcome Guest!
twitter facebook rss

,

अभिनेत्री मनिषा कोइराला पुनः फिल्ममा पुनरागमन

क्यान्सरको सफल उपचारपछि ‘पुर्नजन्म’ प्राप्त गरेकी अभिनेत्री मनिषा कोइराला पुनः फिल्ममा पुनरागमन गर्ने तयारी गर्दै छिन् । मनिषाले चाँडै एक फिल्मको सुटिङ सुरु गर्ने तयारी गरिरहेकी बताइएको छ ।
मनिषाले आगामी नोभेम्बर महिनाबाट एक फिल्मको सुटिङ सुरु गर्न लागेकी उनका प्रवन्धक सुव्रतो घोषलाई उदृत गर्दै एक भारतीय समाचार अनलाईनले जनाएको छ । मनिषा अहिले पूर्ण रुपमा स्वस्थ्य भएको बताउँदै प्रवन्धक घोषले शारीरिक र मानसिक रुपले पूर्ण ‘फिट’ हुन उनले अहिले दैनिक योग साधना गरिरहेको जानकारी स्थानीय मिडियालाई दिएको जनाइएको छ ।मनिषाले नोभेम्बरबाट फिल्मको सुटिङ सुरु गर्न लागेकी घोषले बताए पनि फिल्मको नाम भने उनले स्पष्ट गरेका छैनन् । यद्यपी मनिषाको साथमा अहिले केही राम्रो र दमदार भूमिकासहितको फिल्म रहेको घोषले जनाएका छन् ।
गतवर्ष अमेरिकाको न्यूर्योकस्थित एक अस्पतालमा पाठेघर क्यान्सरको सफल शल्यक्रियापछि पूर्ण रुपमा स्वस्थ्य भएर मनिषा केही समयअघि मुम्बई फर्किएकी थिइन् । अमेरिकामा ६ महिनासम्म रहेर उपचार गरेकी मनिषा मुम्बई फर्किएपछि पूजा, पाठ र योग, ध्यानमा ब्यस्त भईरहेकी छिन् । मनिषाले केही दिनअघि ट्वीटरमा मार्फत आफ्नो पछिल्लो अवस्थाका केही तस्वीरहरु समेत सार्वजनिक गरेकी थिइन् ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide