National news Political News,
मन्त्रीपरिषद अध्यक्ष रेग्मी संष्युक्त राष्ट्रसंघमा
Posted by Unknown
Published on Monday, August 26, 2013
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला २०५१ कात्तिकमा आमनिर्वाचन गराउने क्रममा महासभामा भाग लिन गएका थिएनन् । परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका कोइरालाले राष्ट्रसंघमा तत्कालीन अर्थमन्त्री महेश आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल पठाएका थिए ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रसंघीय महासभामा भाग लिन जान अध्यक्ष रेग्मीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र आगामी असोज ५ देखि १४ गतेसम्म महासभामा भाग लिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए । यसैबिच, एसियाली विकास बैंक ९एडीबी० ले वागमती नदीको तटीय क्षेत्रको सुधारसम्बन्धी आयोजनाका लागि ३ अर्ब ७० लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्ले उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।
सरकारले आगामी कात्तिक ४ र ५ गते राजधानीमा आयोजना हुने छैटौं गैरआवासीय नेपाली विश्व सम्मेलनको तयारीका लागि परराष्ट्रमन्त्री माधव घिमिरेको अध्यक्षतामा ३० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरेको छ ।
कोरियासित रेल्वे सम्झौता हुने
मुलुकमा रेल्वे विकासका लागि सरकारले दक्षिण कोरियासित सम्झौता गर्ने भएको छ । दक्षिण कोरिया सरकारले नेपालमा रेल्वे विकासका लागि सहयोग गर्न इच्छा देखाएकाले उससित सम्झौता गर्ने तयारी गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दक्षिण कोरियासित रेल्वे विकासका लागि सम्झौतामा हस्ताक्षर गर्न स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





