Intresting news Tekman photo,
कुकुरको रक्तदानले विरालोको ज्यान बच्यो ।..
Posted by Unknown
Published on Monday, August 26, 2013
टेलिग्राफका अनुसार न्युजिल्याण्डको
टारंगा क्षेत्रमा यस्तो घटना भएको हो । भुलबस मुसा मार्ने औषधि खाएपछि
सिकिस्त बनेको रोरी लामको बिरालो झण्डै मृत्युको मुखमा पुगिसकेको थियो ।
रोरीका मालिक किम एडबर्डले उसलाई उपचारका लागि भेटेनरी अस्पताल लगे ।
बिरालोको हालत निकै बिग्रसकेको थियो । उसलाई तत्कालै रगत दिएर सघन उपचार
गर्नुपर्ने पशु चिकित्सकले बताए । तर मान्छेका लागि भए पो ब्लड बैंकबाट रगत
लिएर दिनु वा कोही साथीभाइलाई गुहार्नु । तर बिरालोका लागि कताबाट रगत
ल्याउनु ? उनी बिलखबन्दमा परे । कतै बिरालो खोजेर उसको रगत निकालेर ग्रुप
जाँचेर, मिलाएर रोरीलाई रगत दिनका लागि समय नै थिएन । त्यसैले एडबर्डले
आफ्ना साथी मिसेल व्हाइटमोरलाई फोन गरे । व्हाइटमोटले मेसी नामक लाब्राडोर
नश्लको कुकुर पालेका थिए । तत्कालै कुकुर लिएर भेटेनरी अस्पताल आउन आग्रह
गरेपछि व्हाइटमोरले कुकुर लिएर तत्कालै पुगे । त्यसपछि मेसीको रगत निकालियो
अनि रोरीको सरीरमा दिइयो ।
साँच्चीकै कुकुरको रगत बिरालोको सरीरमा
मिल्ने सम्भावना निकै कम हुन्छ । त्यसैले मेसीको रगत रोरीलाई दिँदा यदि
रक्त प्रकार मिलेन भने बिरालो रोरीको तत्कालै ज्यान जान सक्थ्यो । तर
एडबर्डसँग त्यसको विकल्प थिएन सोही कारण उनले साहस बटुलेर साथीको कुकुरको
रगत आफ्नो बिरालोलाई दिएका थिए । धन्य रक्तप्रकार मिल्यो र रोरीको उपचार
सम्भव भयो । मेसीको रगत पाएपछि रोरीको ज्यान बँच्यो । एक जातको जनावरको रगत
अर्को जातको जनावरको सरीरमा मिलेको यो निकै दुर्लभ घटना भएको वैज्ञानिकहरु
बताउँछन् ।
हेर्नुस् त, कुकुरले समेत रक्तदान गरेर
बिरालोको ज्यान बँचायो । तपाइँहामी मान्छेले पनि अब रक्तदान गरेर अन्य
मान्छेको ज्यान बचाउने की ।
रक्तदान गर्ने कुकुर र रगत पाउने बिरालो हेर्नुस् त अहिले कति मिलेका छन् यो भिडियोमा
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





