National news,
द्वन्द्वकालीन मुद्दा ब्युँताउन खोजिए विद्रोह हुन्छ – प्रचण्ड
Posted by Unknown
Published on Wednesday, August 21, 2013
०५ भाद्र, काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालीन मुद्दा ब्यँुताउने र लोकप्रिय उम्मेदवारलाई निर्वाचनमा भाग लिन नदिने षड्यन्त्र भए विद्रोह हुने चेतावनी दिनुभएको छ । योङ कम्युनिस्ट लिग नेवाः राज्य समितिले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत टुङ्ग्याउनुपर्ने द्वन्द्वकालीन मुद्दालाई हल गर्नुपर्नेमा त्यसो नगरी परम्परागत ढङ्गले कारबाही गर्न खोजिए त्यो नेपाली जनतालाई स्वीकार्य नहुने बताउनुभयो ।
अग्रगामी शक्तिको दुई तिहाइ बहुमत संविधानसभामा नहुँदा संविधानसभाले संविधान निर्माण नगर्दै भङ्ग भएको भन्दै अध्यक्ष दाहालले यस पटकको निर्वाचनमा अग्रगामी शक्तिलाई दुई तिहाइ मत दिलाउने गरी तयारी गर्न युवालाई निर्देशन दिनुभयो ।
कार्यक्रममा माओवादीका प्रभावशाली नेता डा. बाबुराम भट्टराईले विगतमा जस्तै वाइसिएलले निर्वाचन सफल पार्न विशेष भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउँदै एमाओवादीलाई मुलुकभर विजय गराउन सबै पार्टी पङ्क्ति परिचालित हुनुपर्ने बताउनुभयो । क्रान्ति आंशिकरुपमा पूरा भए पनि जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने दिशामा पार्टी अगाडि बढिरहेको उहाँले बताउनुभयो । नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधीनता र समाजको युगान्तकारी रुपान्तरणमा अगाडि बढ्न वाइसिएलले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





