Article,
बहुमतमा परियो यसपाली-kusum sirmal
Posted by Unknown
Published on Friday, July 19, 2013
भनिन्छ, जीवनमा आरोह अवरोह नआउने हो भने जीवनको वास्तविक अर्थ
थाहा पाउन मुस्किल पर्छ र जीवन जिउनुको पनि मज्जा आउँदैन। सायद यही समय र
जीवनको पाठ सिकाउने खालका घटनाहरु आजकाल मेरो जीवनमा छाउँदै गएका छन। कति
आफ्नै कमजोरी त कति वर्तमान परिवेशका कारण राम्रा भन्दा पनि नराम्रा परिणाम
भोग्न बाध्य छु आजकाल, म। म सानै देखी पढ्न र लेख्न सजिलो महसुस गर्ने
मान्छे तर आजकाल पढ्नु भनेको मेरा लागि एउटा कठिन कार्य जस्तो लाग्न थालि
सकेको छ। म मा यस्तो नैराश्यता ल्याउने काम ग¥यो भर्खरै सार्वजनिक भएको बि.
एड. प्रथम बर्षको परीक्षाफलले। म आशावादी नै थिएँ कि परिणाम मेरो पक्षमा
नै आउँछ तर सोचे जस्तो कहाँ हुने रहेछ र सँधै म एकपटक फेल भएँ। अघिल्लो
कक्षामा पनि एकपटक त फेल भएकै हो तर त्यो असफलता र यो असफलतामा धेरै फरक
महशुस गरेँ। कक्षा
११ मा पढ्दै गर्दा आफ्नो शारीरिक अस्वस्थताले
गर्दा पहिले नै थाहा थियो यसपाली सँधै भन्दा फरक हुनेछ नतिजा मेरो लागि।
त्यसबेला सफलता हात पारेका साथी पनि मेरो कारणले खुशि मनाएन तर यसपाली हामी
कोही साथी पनि न त आफूले खुशि बाँड्न पायाँै न त अरुको खुशिमा सामेल हुन
नै। पहिलो पटक फेल हँुदा केही पनि नैराश्यता थिएन म भित्र तर दोश्रो असफलता
साँच्ची कै अनौठो र पिडादायी बनेको छ मेरालागि। यस्तो नतिजा आउनुमा मेरो
दोष छैन भन्दिन तर अहिलेको वर्तमान शैक्षिक प्रणालीको पनि हात भने पक्कै
रहेको छ किनकि नतिजामा स्पष्ट छ कि सफल भन्दा असफल विद्यार्थीको संख्या
धेरै माथि रहेको छ। म भन्दा धेरै मेहनत गर्ने साथीहरु पनि असफल भएको
देख्दा, सफल भन्दा असफल विद्यार्थीको संख्या धेरै हुँदा र आफु पनि त्यही
बहुमत भित्र पर्नाले मलाई थोरै भएपनि मन बुझाउने बाटो भने मिलेको छ।
स्नातकको मात्र नभएर अहिले एस एल सी परीक्षाको पनि नतिजा साह्रै निराशाजनक
भएको छ। सिङ्गो देशको शैक्षिक प्रणाली नै खराब महसुश गरिएको बेला यस्ता
नतिजाहरु आउनुले शैक्षिक प्रणालीमा सुधारको आवश्यकता रहेको स्पष्ट हुन्छ।
अघिल्ला कक्षामा पढ्दै गर्दा आदरणिय गुरुहरुले सुनाउनु
हुन्थ्यो, हामीले स्नातक स्तरको परीक्षा १८ महिनामा दिएको र परीक्षाफल पनि
त्यस्तै त्यस्तै। जब म पनि स्नातक पढ्ने भए तब थाहा पाएँ साँच्चै हो रै छ
स्नातक भनेको परीक्षा र नतिजा प्रकाशनको बेठेगान। बेमौसमी तरकारी झैँ बेला न
कुबेला फलाउन खोजे हामीलाई। एकबर्षे खेती हुनुपर्ने चिज आजकाल बाह्रमासे
जस्तै भएको छ कुन बेला के हुन्छ कसैलाई थाहा छैन। अन्यौल र अस्थिरताका कारण
कयौँ विद्यार्थीको भविष्य आज अन्धकारमा रुमलिएको छ। विद्यार्थीलाई राम्रो
शिक्षा दिन र शैक्षिक क्षेत्रको विकासकोे लागि अग्रसर हुनु पर्ने संस्थाहरु
आज राजनीति गर्ने थलो जस्तो भएका छन। जसको प्रत्यक्ष प्रभाव
विद्यार्थीहरुलाई परिरहेको छ। जम्मा ३ वर्षमा सकिनु पर्ने कोर्स ५ वर्षमा
पनि सकिने कि नसकिने हो भन्नै मुस्किल पर्ने अवस्था छ। कैले स्ववियु
निर्वाचनको नाममा त कहिले व्यवस्थापनको कमजोरीमा विद्यार्थीको भविष्य र
मेहनतलाई कुल्चिएर अघि बढिरहेको छ त्रिभुवन विश्वविद्यालय र शैक्षिक
प्रक्रिया। यसको शिकार बन्न बाध्य भइरहेका छन ति विद्यार्थीहरु। कुनै एक
ठाउँको मात्र नभएर नेपालभरबाट यस्तै नतिजा आउनुले पनि वर्तमान शैक्षिक
प्रक्रिया मै कमजोरी रहेको आँकलन गर्न सकिन्छ। एस एल सी परीक्षाको नतिजालाई
मात्र हेरेर देशको शैक्षिक अवस्थाको मुल्याकंन गर्ने परिपाटीका कारण पनि
तल्ला तहमा या माथिल्ला तहका शैक्षिक अवस्थाको बारेमा विचार तथा विश्लेषण
कम हुने गरेका छन। खस्किएको शैक्षिक स्तरलाई उकास्न कुनै पनि प्रयास भएको
देखिँदैन। अब साँच्चै देशको शैक्षिक विकास गर्ने हो भने देशको वर्तमान
शैक्षिक प्रक्रियालाई नै पुनर्विचार गरी परिमार्जन तथा परिवर्तन गर्नुपर्ने
आवश्यकता देखिन्छ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





