Welcome Guest!
twitter facebook rss

,

निर्वाचनका माध्यमबाट लोकतान्त्रिक समाज र प्रक्रियाको सुनिश्चित

१५ श्रावण काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचनका माध्यमबाट लोकतान्त्रिक समाज र प्रक्रियाको सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल मानवअधिकार सङ्गठनद्वारा आज राजधानीमा आयोजित जित मानव अधिकारका २५ वर्ष घरघरमा मानवअधिकार  राष्ट्रिय नागरिक अभियान घोषणासभामा नेता देउवाले लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको निर्वाचनको माध्यमबाट मतदाताद्वारा सरकार बनाउने र बदल्ने जनताको अधिकारलाई कसैले खोस्ने प्रयास गर्न हँुदैन भन्नुभयो ।

नेता देउवाले  मानिसको व्यक्तिगत स्वतन्त्रता नै सबैभन्दा ठूलो मानवअधिकार हो भन्ने पक्षलाई सबैले बुझ्नु जरुरी रहेको भन्दै मानवअधिकारका उल्लङ्घनका घटना हुन नदिन अन्तर्राष्ट्रिय समुदायसँग जनाइएका प्रतिबद्धता कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । 

एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले मानवअधिकारको पाटोलाई कसरी विकास र सुदृढीकरणका गर्दै लैजाने भन्नेबारेमा अझै पनि विश्वव्यापी रुपमा बहस पैरवी भइरहेको अवस्थामा मानवअधिकार उल्लङ्घनका घटनालाई फरक–फरक दृष्टिकोणबाट हेरिनु नहुने तर्क प्रस्तुत गर्नुभयो ।

सङ्क्रमणकालीन न्यायप्रणालीको सिद्धान्तमा उभिएर द्वन्द्वपीडितलाई न्याय दिलाउन सक्नुपर्ने बताउँदै श्रेष्ठले लोकतान्त्रिक पद्दति संस्कृतिका रुपमा स्थापित नभएसम्म मानवअधिकारका मुद्दालाई निरन्तर र प्रभावकारी ढङ्गले उठाइरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल प्रहरीका महानिरीक्षक कुँवेरसिंह रानाले आम नागरिकको मानवअधिकारको पाटो सुनिश्चितता नभएसम्म अन्य अधिकार प्रदान गरिएको छ भन्ने विषयले कुनै महत्व नदिने बताउनुभयो ।

पूर्व प्रधानसेनापति रुकमाङ्गत कटुवालले मुलुकमा सबैलाई बराबरीको आधारमा कानुन लागू नभएसम्म मानवअधिकारको विषय छलफलमा मात्र सीमित हुने तर्क गर्नुभयो । 

नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष सिन्धुनाथ प्याकुरेलले मानवअधिकार क्षेत्रमा भएका कामबाट पूर्णरुपमा सन्तुष्टि लिन नसकिए पनि  यसको पक्षमा धेरै काम भएको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले सबैका लागि सधैँका लागि मानवअधिकार घरघरमा मानवअधिकारका लागि हामी प्रतिबद्ध छाँै भन्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide