Political News,
ताकत भए चुनाव गराए हुन्छ, हामि पनि हातमा दहि जमाएर बसेका छैनौः
Posted by Unknown
Published on Saturday, June 15, 2013
०१ आषाढ, काठमाडौं । नेकपा–माओवादीका सचिव देब गुरुङले ताकत भए आफूहरुलाई बाईपास गरेर निर्वाचन गर्न चुनौति दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने– म चुनौति दिन चाहन्छु ।
ताकत भए सरकारले हामिलाई बाईपास गरेर चुनाव गराए हुन्छ । हामि पनि हातमा दहि जमाएर बसेका छैनौ । हामिलाई बाईपास गरेको परिणाम भविष्यले देखाउँछ ।
साक्षात्कारमा सचिव गुरुङले जवरजस्ती फासिबादी ढंगले सरकार एकलौटी ढंगले निर्वाचन गर्न खोजे मुलुक फेरि द्धन्द्धमा फर्कने चेतावनी दिदै अर्थ हिन निर्वाचनका विरुद्ध जुनसुकै कदम चाल्न समेत तयार रहेको स्पष्ट पारे ।
उनले भने–फासिबादी, तानाशाही र विदेशीको आडमा नेपालीलाई दास बनाउन गरिने निर्वाचनको औचित्य छैनौ । हामि सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुन दिन्नौ जनविद्रोह गर्छौ ।
निर्वाचन किन भन्ने उद्देश्य प्रष्ट नभएको ले यो निर्वाचनको कुनै अर्थ नभएको भन्दै दलहरुको सहमति र विधी सम्मत ढंगले अघि बढेमात्रै निर्वाचन हुन सक्ने ठोकुवा गरे । उनले भने– अन्तरिम संविधानलाई ध्वस्त बनाएर गरिने निर्वाचनले संविधान बनाउँछ भनेर विश्वास गर्न सकिदैन ।
उनले १० प्रतिसतमात्रै कायम रहेको अवस्था फेरि पुरानै ढंगको निर्वाचन गर्नुको औचित्य नभएको भन्दै गोलमेच सम्मेलन मार्फत पूर्ण समानुपातिक प्रणालीबाट एक डेढ सयको संख्यामा मात्रै निर्वाचन गर्नु पर्ने प्रस्ताव गरे । चुनावको मुखमा नागरिक वितरण गरेर नेपालीलाई अल्मतमा पार्ने खेल भएको भन्दै अहिलेको निर्वाचन विदेशीको ईशारामा नेपालीलाई अल्पमतमा पार्न गर्न लागिएको दावी गरे ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





