National news Tekman photo,
४२ दलीय गठबन्धनको बन्द फिर्ता
Posted by Unknown
Published on Sunday, June 16, 2013

नेकपा–माओवादी लगायत ४२ दलीय गठबन्धनले निर्वाचन घोषणाको बिरोधमा आह्वान गरेको नेपाल बन्द फीर्ता भएको छ । सर्बसाधारणको सुविधाका लागि भन्दै भर्खरै मात्र बन्द फिर्ता गरिएको आन्दोलनरत जनमोर्चा नेपालका महा–सचिव साध्यबहादुर भण्डारीले जानकारी दिनुभयो ।
आन्दोलनरत दलहरुसंग सहमति नगरी सरकारले निर्वाचन मिती घोषणा गरेको बिरोधमा, नेकपा माआवादी सहितका ४२ दलहरुले आह्वान गरेको बन्दका कारण, आईतबार देशभरको जनजीवन प्रभावित भयो । बन्दका कारण राजधानी लगायत देशका मुख्य राजमार्गहरुमा यातायातका साधन चल्न सकेनन् भने बजार पसल शिक्षण संस्था सबै ठप्प भएका थिए ।
यसैबिच बन्दकर्ताले आईतबार विहानै गोरखा सदरमुकाममा बा ५ प ८२ ३८ नम्बरको कारमा तोडफोड गरेका छन् । त्यस्तै बन्दको अवज्ञा गरेको भन्दै दाङको घोराहीमा दुई वटा ट्रक र एउटा बस तोडफोड गरिएको छ भने काठमाडौंमा कारोबार दैनिकका पत्रकार समिर रेग्मीको मोटरसाइकल तोडफोड गरेका छन् । घरबाट कार्यालय जादै गर्दा कलंकीमा प्रर्दशन गरिरहेका प्रर्दशनकारीले आफ्नो परिचयपत्र देखाउदा देखाउदै आक्रमण गरेको रेग्मीले बताउनुभयो । आक्रमणबाट रेग्मीको बा २० प ७६३२ नम्बरको मोटरसाइकलमा क्षती पुगेको छ ।
आइतबारको बन्दमा राजधानीमा मोटरसाइकल भने सुचारु भएको थियो ।
यअसघिका बन्दमा राजधानीमा मोटरसाइकल चलाउन पाइँदैनथ्यो ।

बन्द फिर्तासँगै राष्ट्रिय मानवअधिकार आयोगले बन्दजस्तो कठोर कार्यक्रम अघि नसार्न आग्रह गरेको छ । आन्दोलनरत दलहरूले अघि सारेका माग वार्ता र सम्वादको माध्यमबाट सम्बोधन गरी सहमति, सहकार्य र समन्वयको आधारमा उपयुक्त राजनीतिक वातावरण कायम गर्न सरकार, प्रमुख दल र अन्य सरोकारवाला निकायहरूसाग आयोग आग्रह गर्दछ,-
निमित्त सचिव सुवर्ण कर्माचार्यद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





