International news,
रसियाली प्रधानमन्त्रीद्वारा रोवानीलाई बधाई
Posted by Unknown
Published on Sunday, June 16, 2013
इरानको राष्ट्रपति पदमा निर्वाचित हुनुभएका हसन रोवानीलाई रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिनुभएको छ । पुटिनले रोवानीलाई बधाई दिँदै रोवानीको कार्यकालमा रसिया र इरानबीचको सम्बन्ध अझै नजिक हुने अनुमान गरिएको समेत बताउनुभयो ।
रोवानीको कार्यकालमा रसिया र इरानीबीचको द्वीपक्षीय सम्बन्ध, सहयोग आदानप्रदानमा थप उन्नती हुने आशा गरिएको समेत पुटिनले बताउनुभएको छ ।
६४ वर्षे सुधारवादी नेता रुहानी ५०.५८ प्रतिशत बढी मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन । उनका निकटतम् प्रतिष्पर्धीले करिब १६ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ । पाँच करोड मतदाता रहेको इरानमा ३ करोड ६७ हजार भन्दा बढीले मतदान गरेका थिए ।
पूर्व राष्ट्रपति खतामीको कार्यकालमा ६४ वर्षीय रोवानीले इरानको पारमाणविक महत्वकाँक्षाका विषयमा विश्वका शक्ति राष्ट्रसँग वार्ता गर्नुभएको थियो । उहाँको कार्यकालमा सन् २००३ मा इरानको युरेनियम प्रशोधन कार्यक्रम स्थगन भएको थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





