Political News,
यथास्थितिमा निर्वाचन असम्भव– अध्यक्ष वैद्य
Posted by Unknown
Published on Monday, May 27, 2013

१३ जेठ, काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले यथास्थितिमा निर्वाचन सम्भव नरहेको बताउनुभएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष वैद्यले आन्दोलनमा अभिव्यक्त जनताको भावनाको सम्बोधन नगरी हुने संविधानसभाको निर्वाचनले सही परिणाण ल्याउन नसक्ने बताउनुभयो ।
“जनताको मनोविज्ञान, आन्दोलनमा अभिव्यक्त भावना तथा मजदुर, आदिवासी, महिला, मधेसी, अल्पसङ्ख्यक, किसानका भावना सम्बोधन नगरी पुरानै तरिकाले यथास्थितिवादमै आधारित रहेर नयाँ संविधान निर्माण गर्ने नाममा अनेक प्रकारका षड्यन्त्र भएकाले यसप्रति राजनीति र संस्कृतिकर्मीहरु सजग हुनु जरुरी छ”, अध्यक्ष वैद्यले भन्नुभयो ।
उहाँले कृष्णसेन इच्छुकका विचार तथा रचनाहरु सधैँ र सबैका लागि प्रेरणादायी रहेको पनि बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानले बर्षेनि प्रदान गर्ने रु २५ हजार राशिको कृष्णसेन इच्छुक साहित्य पुरस्कार वरिष्ठ साहित्यकार दिल साहनी, रु २५ हजार राशिको कृष्णसेन इच्छुक कला पुरस्कार इन्द्रबहादुर विक किशोर कपिलवस्तु र कृष्णसेन इच्छुक प्रतिभा पुरस्कार निभा शाह अछामलाई प्रदान गरेको छ । क्रान्तिकारी पत्रकार महासङ्घले पत्रकार तारा न्यौपानेलाई दिने घोषणा गरेको रु १० हजार राशिको पुरस्कार उहाँकी धर्मपत्नी निर्मलालाई तथा राष्ट्रिय कविता महोत्वसमा प्रथम, द्वितीय र तृतीय भएका गौरी दाहाल, अर्जुन ढकाल र राजु स्याङताङलाई पनि नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





