Tekman Commedy Tekman photo,
सोख पूरा गर्न कमेडी गीत
Posted by Unknown
Published on Sunday, April 7, 2013
हिजोआज सबै टेलिभिजन च्यानलमा पारिवारिक टेलिश्रृंखलाले भन्दा पनि
हास्यप्रधान टेलिश्रृंखलाले पहिलो स्थान ओगटेका छन् । आमदर्शक समसामयिक
विषयमा व्यंग्य हान्दै चोटिला कथा समेटिएका हास्यप्रधान सिरियल हेर्न मन
पराउँछन् । उनीहरू जति हास्यप्रधान कथा समेटिएका सिरियल हेर्न मन पराउँछन्
त्यति नै बढी कमेडी गीत सुन्न चाहन्छन् । आमदर्शकले चाहेअनुरूपको कमेडी
गीतको तुलनामा सोखका रूपमा कमेडी गीत गाउनाले यो क्षेत्र धराशयी बन्दै गएको
छ । केही गायकले आफ्नो पेसा बनाउनकै लागि कमेडी गीत गाए पनि अधिकांश
हास्यकलाकारले भने सोखका रूपमा गीत गाउने गरेका छन् ।
हास्य कलाकारितामा जमेका दमन रूपाखेती कमेडी गीत भन्दा व्यंग्यप्रधान
टेलिफिल्म नै आमदर्शकले मन पराउने बताउँछन् । रूपाखेतीले सोखका रूपमा सात
वर्षअघि गाएको 'कुखुरे बैंसले गर्नु गर्यो' गीतले एकताका चर्चा पाएको थियो
। दुई वर्षपछि दोस्रो एल्बम 'खति' सार्वजनिक गरेका रूपाखेतीको एल्बमले
त्यति चर्चा पाएन भने तेस्रो एल्बम 'लास्टामा त्यही हो' को 'लास्टामा त्यही
हो' गीतले भने चर्चा पाएको थियो । आफूलाई हास्यकलाकारका रूपमा परिचय दिन
रुचाउने रूपाखेति घुमाउरो पारामा सोख पूरा गर्न गीत गाएको नभएर थप चर्चा
कमाउन गीत गाएको बताउँछन् ।
कमेडी गीत गाउन र लेख्न सोचेजस्तो सजिलो छैन, मौका पर्दा कमेडी गीत गाउने
अर्का हास्यकलाकार नारद खतिवडा भन्छन्— 'कमेडि गीत गाएर त एक्लो जीवन धान्न
त गाह्रो छ,परिवार पाल्न त परै जाओस् ।' उनी सोखका रूपमा गीत गाउने कुरा
स्वीकार गर्दै भन्छन्— 'दर्शकले आग्रह गरेकै कारण गाउने गरेको छुु, तर म
कमेडी गायक नभएर हास्यकलाकारका रूपमा आफ्नो परिचय दिन चाहन्छु,' खतिवडाले
भने- 'तर मैले गाएका गीत सबैले मन पराउँछन् ।' कमेडी गीत गाएर आफ्नो परिवार
पाल्न नसक्ने भएकाले अधिकांश नवोदित गायकहरू एउटा एल्बम सार्वजनिक गर्दै
बेखबर बन्ने गरेका छन् । हास्यकलाकारितामा जमेका अधिकांश कलाकारले भने
सोखका रूपमा कमेडी गीत गाएको बताउने गरेका छन् । आठ वर्षअघि हास्यकलाकारका
रूपमा उदाएका शिशिर सुवेदी पनि आफ्नो सोख पूरा गर्न कमेडी गीत गाएको
स्वीकार गर्छन् । सुवेदी भन्छन्— 'आफ्नो स्वर गीत गाउन लायक छ कि छैन भनी
जाँच्न गीत गाएको थिएँ, फेरि मौका मिल्यो भने सोख पूरा गर्न गीत गाउँछु तर
पेसा भने बनाउँदिनँ ।' सुवेदीले तीन वर्षअघि आफ्नै रचनामा 'कचकच' एल्बम
निकालेका थिए । उनको उक्त एल्बमको 'अलिकति ढिलो घर आए कच कच' गीतले निकै
चर्चा पाएको थियो । उनले 'कचकच' एल्बमको बिक्रीबाट खासै दाम कमाउन सकेनन् ।
सुवेदी कमेडी गीतजति हिट भए पनि आधुनिक र पप गीतहरूको जस्तो बजार लिन
गाह्रो पर्ने बताउँछन् ।
कमेडी गीत हास्यकलाकारको सोखका रूपमा गाइने पेसा बने पनि यसलाई पूर्ण पेसै
बनाउँछु भनेर लागिपर्ने गायकहरू भने कमै छन् । आफूले पनि सोख पूरा गर्न
गीत गाएको बताउने हास्यकलाकार किरण केसी भन्छन्— 'कमेडी गीतबाट नाम कमाए
पनि दाम कमाउन सजिलो छैन, मलाई धेरै साथीहरूले तेरो स्वर राम्रो छ भने
त्यही भएर बेला-बेलामा अरूको सोख पूरा गर्न आफैं गीत रचना गरी गाउँछु ।'
किरण भन्छन्— 'गीत जति हिट भए पनि आमदर्शक श्रोताले मलाई हास्यकलाकार भनेर
नै चिन्छन्, त्यही भएर म आफ्नो भन्दा पनि अरूको सोख पूरा गर्न गीत गाउँछु,
पेसाका रूपमा भने होइन ।' केसीले 'धरोधर्म' र 'राता मकै' एल्बम निकालिसकेका
छन् । उनको धरोधर्म एल्बमले खासै चर्चा बटुल्न नसके पनि राता मकै एल्बमका
सबै गीत दर्शक-श्रोताले मन पराएकै कारण दसौं हजारको हाराहारीमा बिक्री भएको
दाबी केसीको छ । हिजोआज कमेडी गायन क्षेत्र हास्यकलाकारको सोख पूरा गर्ने
क्षेत्र बनेको छ । पूर्ण पेसाकै रूपमा कमेडी गीत गाउन भनेर उदाएका कमेडी
गायकहरू पनि यो क्षेत्रमा राम्रोसँग जम्न सकेका छैनन् । उनीहरूले एउटा गीत
गाउन नपाउँदै आफ्नो पेसा बदल्ने गरेका छन् । आधुनिक र पपगीतको बजारमा कमेडी
गायकहरू विलीन हुन पुगेका छन् । यसरी सोखका रूपमा गीत गाउने
हास्यकलाकारहरूमा हरिवंश आचार्य, रतन सुवेदी -जो अहिले जापान पलायन भएका
छन्), नारद खतिवडा, दमन रूपाखेति, शिशिर सुवेदी, किरण केसी, राम कार्की,
आर.पी.भट्टराई आदि छन् ।
म्युजिक कम्पनीहरूले सर्तबमोजिम एल्बमको रोयल्टी नदिने र कमेडी गीत
गाउनेहरूलाई गायक भन्न नै हिचकिचाउने भएकाले अधिकांश नवोदित कमेडी गायकहरू
एउटा एल्बम बजारमा आउन नपाउँदै हराउने गरेका छन् । दस वर्षअघिदेखि कमेडी
गीत गाएर कमेडी गायनक्षेत्रमा आफूलाई परिचित गराउन सफल प्रकाश ओझा भन्छन्—
'लोकदोहोरी गीत गाएजस्तो कमेडी गीत गाउन सजिलो छैन, सजिलो हुने भएको भए त
आज पप, आधुनिक र दोहोरी गीतका गायकहरूझैं यो क्षेत्रमा नयाँहरूको जगीजगी
हुन्थ्यो होला । ओझाका अनुसार नाटकबाट हँसाउन सजिलो छ तर गीतको माध्यमबाट
हँसाउन गाह्रो छ ।
पेसाका रूपमा गाउने कमेडी गायकहरू पनि आफ्नो पेसाबाट त्यति सन्तुष्ट छैनन् । कमेडी गायनमा आफ्नो पकड जमाउन सफल ओझा आफू कहिल्यै पनि कमेडी गायनबाट नहराउने र निराश नबन्ने बताउँछन् । उनी कमेडी गायन क्षेत्रमा जस्तो गीत गाउँदा पनि हुन्छ भनेर उदाउनेहरू मात्र एउटा एल्बम सार्वजनिक गर्न नपाउँदै हराउने र राम्रो स्वर हुनेहरू भने यही क्षेत्रमा जम्ने गरेको बताउँछन् । ओझा सबैलाई कमेडी गायन क्षेत्रलाई आफ्नो स्वर जाँच्ने थलो नबनाउन आग्रह गर्दै भन्छन्— 'गीत गाउन मन हुनेहरूले यो क्षेत्रलाई सौखिन पेसा नबनाई पूर्ण पेसा बनाएर नै लागिपरे भैहाल्यो नि ।' २०५६ सालमा 'झ्यानाकुल्टुङ' एल्बम लिएर आफूलाई कमेडी गायकका रूपमा स्थापित गराउन कमेडी रजतपटमा उदाएका ओझाले सातवटा एल्बम सार्वजनिक गरिसकेका छन् । उनले गाएका अधिकांश गीत हिट भएका छन् । उनले एउटा चलचित्रमा हिरोका रूपमा अभिनय गरे पनि उनी आफू हिरो नभएर कमेडी गायक मात्र भएको बताउँछन् । उनले यो क्षेत्रमा नाम र दाम दुवै कमाएका छन् ।

हातका औंलामा गन्दा पनि औंला नभरिने कमेडी गायकहरू पनि दुई-तीन वर्षको लामो अन्तरालमा मात्र नयाँ एल्बम लिएर देखा पर्छन् । हास्यकलाकारितालाई पेसा बनाएका अधिकांश कलाकारको पार्टटाइम जब र स्वर जाँच्ने माध्यम बनेको कमेडी गायन हालसम्म कुनै पनि गायकहरू पूर्ण रूपमा गीत गाएर जम्न सकेको देखिँदैन । कमेडी गीत गाउनेहरूलाई गायक नभनेर जोकर भन्ने गरेकाले पनि उनीहरूले आफूलाई गायक भन्न हिचकिचाउने गरेका छन् । कमेडी गायकका रूपमा प्रकाश ओझा, प्रकाश बस्नेत, प्रकाश पौडेल, श्रीकृष्ण लुइँटेल, कुमार न्यौपाने आदिले बेग्लै पहिचान बनाएका छन् ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...