Photo of the day,
किन ठूला हुँदैछन् महिलाका वक्षस्थल ?
Posted by Unknown
Published on Sunday, April 7, 2013
केही समय पहिले गरिएको अध्ययनले महिलाहरुका स्तनको आकार पुस्तै पिच्छे
बढ्दै गएको देखाएको थियो । बेलायतमा गरिएको सो अध्ययन विश्वभरीकै महिलाको
हकाम लागु हुने भन्दै विभिन्न जैविक तथा भौतिक कारणहरुले गर्दा महिलाहरुको
स्तनको आकार बढ्दै गएको विज्ञहरुले बताएका थिए । वास्तवमा स्तनको आकार
बढ्नु भनेको स्तनमा बोसो बढि थुप्रनु हो । तर स्लिम महिलाहरुमा समेत
वक्षस्थलको आकार अस्वभाविक रुपमा ठूलो बन्नुमा केवल बोसो मात्र जिम्मेबार
छैन । महिलाहरुमा स्तन तन्तुहरुको मात्रा नै बढेको छ । आखिर किन यस्तो
भैरहेको छ त ? भन्ने कुराको चुरो भने हालै मात्र पत्ता लागेको छ ।
एउटा सत्य के हो भने महिलाहरुमा बढ्दै गएको मोटोपना र बदलिँदो जिवनशैलीका
कारण नितम्ब र वक्षस्थलमा बोसोको मात्रा बढेको छ, जसका कारण महिलाहरुका
स्तन पहिले भन्दा ठूला भएका छन् । तर बोसो मात्र होइन आधुनिक महिलामा स्तन
कोष तथा तन्तुको संख्या नै बढी हुने गरेको छ ।
वास्तवमा महिलामा स्तन तन्तुको वृद्धि हुने कार्यमा वेस्ट्रोजेन नामक
हर्मोनको भूमिका हुन्छ । महिलाको सेक्स हर्मोनको रुपमा रहेको वेस्ट्रोजेनले
केवल स्तन मात्र होइन जिउडालको आकार समेत निर्धारण गर्छ । यहीँ हर्मोनको
उच्च उत्सर्जनका कारण युवतीहरुमा स्तनको आकार बढेको निष्कर्ष विज्ञहरुको छ ।
महिलाहरुले विभिन्न प्रकारका सौन्दर्यमूलक रसायनको साथै विभिन्न खाले
गर्भनिरोधका औषधिहरु समेत प्रयोग गर्ने हुँदा यसले उक्त हर्मोनको उत्पादनमा
प्रभाव पार्ने र सोही कारण महिलाको स्तन मात्र नभएर नितम्बको आकार पनि
बढाउँदै लगेको निष्कर्ष शोधकर्ताहरुको छ ।
महिलामा स्तनपानले स्तनको आकार वृद्धि नियन्त्रण गर्ने भएपनि आधुनिकता सँगै
महिलाहरुले उमेर ढल्किँदा सम्म पनि बच्चा नपाउने प्रवृत्ति बढिरहेकाले
त्यो बेलासम्म प्रयोग गर्ने गर्भनिरोधका उपाय मात्र होइन प्राकृतिक रुपमै
उत्पादन हुने सेक्स हर्मोनको मात्राका कारण महिलामा स्तनको आकार ठूलो हुनमा
बल पूराउँछ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





