Welcome Guest!
twitter facebook rss

,

महान शहीद बासु र बैरागी लालसलाम-हितमान सुर्खेती (नवीन)

हामी भारतको विभिन्न ठाउँमा संगठनको काममा व्यस्त थियौं । सुरेश वाग्ले (क. बासु) बैठकको लागि नयाँ दिल्ली आउनुभएको रहेछ । प्रवासमा काम गर्ने गोरखालीहरुलाई भेट्ने कार्यक्रम रहेछ, त्यो कार्यक्रममा कृष्ण गुरुङ र म पनि सामेल भएका थियौं । क.बासुले हामीलाई छुट्टै राखेर भन्नुभयो – नेपालमा जनयुद्धको सुरुवात भएको छ । तपाईँहरु अव भारत होइन नेपालमा नै गएर वर्ग संघर्षमा सामेल हुनुप¥यो । उहाँले यति भनेपछि हामीले आफ्नो पार्टी कमिटीमा नेपाल फर्कने र प्रत्यक्ष जनयुद्धमा सहभागि बन्ने इच्छा व्यक्त ग¥यौं ।
पार्टीले स्वीकृति दियो । हामी कृष्ण गुरुङ र म नेपाल फर्किएपछि आफ्नै जिल्ला गोरखामा नै काम गर्ने निधो गरियो र उत्साहित हुँदै जिल्ला सम्पर्कमा पुगियो । तर जिल्ला सम्पर्कमा सम्पर्क भेटिएन । हाम्रो सम्पर्क गोरखा बजारको नयाँ बजार स्थित जलजला होटलमा थियो । राजेन्द्र ढकाल (हाल बेपत्ता) सँग भेट्ने भन्ने थियो । २०५२ साल फागुन १४ गते ताकुमा वीर बहादुर गुरुङको गिरफ्तारी र दिल बहादुर रम्तेलको शाहदत भैसकेको रहेछ । सम्पूर्ण पार्टीका साथीहरु भूमिगत भैसकेको रहेछन् हामीलाई धेरै समस्या हुन थाल्यो । हुन त हामीलाई कसैले पनि चिनेका थिएनन् । हामी निर्धक्का साथ गोरखा बजार घुमिरहेका थियौं । केही चिनेका गाउँलेहरु र आफन्तहरुले हामीलाई ए लाहुरे कहिले आईयो लाहुरबाट भनेर सोद्थ्ये । भर्खरै आइयो भनेर हामी जवाफ फर्काउँथ्यौं । हाम्रो पार्टीसँग सम्पर्क हुन साह्रै गाह्रो पर्न थाल्यो । एकदिन कृष्ण गुरुङ र क.ध्रुव ताकुमाझ लाकुरीबोट गएर पार्टी सम्पर्क खोज्ने र म नामजुङ जाने सल्लाहभयो । चारदिन पछि क. ध्रुव नामजुङ आउनुभयो । हाम्रो सम्पर्क १० किलो कुमाल बस्तीमा रहेछ भन्नुभयो । हामी घैरुङ तीनमाने हुँदै १० किलो जानेक्रममा दुईजना पुलिस उकालोमा आइरहेको देखियो । हामी हतपत उन्युको झ्याङमा लुकियो त्यो हाम्रो पहिलो पटक पुलिससँग लुकामारी भएको थियो । हामी बेलुका भएपछि हिरा कुमालको सम्पर्कमा पुग्यौं । सबैजना ससंकित भएका थिए । हामी आएको खबर जिल्ला पार्टीमा पुगेछ । दुईदिनको पर्खाईपछि क बैरागी, क. सिलु , क.शिसिर, क. शिल्पा हाम्रो सम्पर्कमा आउनुभयो । कृष्ण गुरुङ, क.धुव्र, शिशिर , शिल्पासँग जने र मचाहि क. बैरागीसँग जाने निदो भयो । लामो समय सम्म सँगै प्रवासको विभिन्न प्रान्तमा काम गरेका ध्रुव भारतमा अभियान सांस्कृतिक टिमको केन्द्रीय कलाकार र व्यंग्यकार प्रष्ट बक्ता पनि हुनुहुन्थ्यो । अलगअलग भूगोलमा काम गर्ने भनेपछि अलि हामीहरुलाई नरमाइलो लागेको थियो । फेरिपनि पार्टीका आवश्यकता अनुसार काम गर्नुपर्छ भन्ने मान्यता अनुसार हामी आ–आफ्नै कार्यक्षेत्रमा हिडियो । भिमसेन पोखरेल (क. बैरागी) र म १० किलोबाट बसको छतमा चढेर लागियो । बैरागीले एउटा झोला बोक्नुभएको थियो । मसंग पनि झोला थियो । मलााई हामी कहाँ जना जाने हो थाहा थिएन ।
गाडि खैरेनीबाट मुग्लिनतिर मोडियो मुग्लिनबाट चरौंदीमा गएर बस अडियो र बैरागीले जाउँ संघषं जी भन्नुभयो । फेरी हाम िगोरखा घ्याल्चोकतिर लाग्यौं । बैरागी अग्लो कालो मान्छे हुनुहुन्थ्यो । झोलुङ्गेपुल तरेपछि लामो लामो फड्कोमा अगाडि बढ्नुभयो । म पछिपछि स्वाँस्वाँ गर्दै उहाँसँगै अगाडि बढे । बैरागीलाई पछ्याउँदै थिएँ बैरागी मुलबाटो छोडेर एउटा सानो गोरेटोबाटो तर्फ लाग्नुभयो । एउटा एकान्तमा भएको घरमा हामी पुग्यौं । त्यो घर हाम्रो सेल्टर रहेछ । त्यतिबेला मैले बैरागीलाई सोधेँ कमरेड छापामार हुन सँधै यसरीनै हिँड्नुपर्दछ हो ? उहाँले उत्तरमा आहो संघर्ष जी हिँडाई चर्को पो भयो भन्दै मलाई त त्यस्तो लागेन भन्नुभयो । उहाँको त्यो हिँडाई स्वभाविकै रहेछ । उहाँले आज हामी आराम गरौं भोलि पल्ट बेलुका अर्को ठाउँ जानुपर्दछ भन्नुभयो ।
भोलिपल्ट अर्को ठाउँमा योजना अनुसार पुगियो । त्यहाँ कमरेड कुमार हुनुहुँदो रहेछ । उहाँहरु कसैलाई पर्खिरहेका थिए केही समयपछि पातालो अग्लो साथी र केही अन्य साथीहरु आउनुभयो । अग्लो र पातालो साथी कमरेड बासु (सुरेस वाग्ले ) हुनुहुन्थ्यो । केही समयपछि हाम्रो बैठक सुरु भयो । क. कुमार एरीया सेके्रटरी हुनुहुँदोरहेछ । हामीलाई एरीया सदस्यहरुमा राखेको रहेछ । त्यो कार्यक्रम एरीया पार्टीको बैठक र लडाकुटिम गठन गर्ने कार्यक्रम रहेछ र कुमारको अध्यक्षतामा र सुरेश वाग्लेको विशेष उपस्थितिमा कार्यक्रम शुरु भयो । मलाई एरीया सदस्य र लडाकुटीमको सदस्य बनाईयो । बैरागीको नेतृत्वमा लडाकुटीम बनाइएको थियो । क. बासुले तपाईँहरु जनयुद्ध सुरुभएको सालबाट सैन्य संगठनमा आवद्ध हुनुभएको छ । यसले नेपाली क्रान्तिको इतिहासमा ठूलो महत्व राख्ने छ यसले नेपाली क्रान्तिको इतिहासमा ठूलो महत्व राख्ने छ । यसले जनमुक्ति सेनाको निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने छ । आजको दिनमा तपाईँहरुले पनि गौरव गुर्नपर्दछ र पार्टीले दिएको जिम्मालाई पुरा गर्दै अगाडि बढ्नुहुनेछ ः उहाँले भन्नुभयो ।
मैले आज पनि क. बासुको त्यो दुरगामी सोचप्रति अत्यन्तै प्रभावित हुँदै सोच्ने गर्दछु । उहाँको त्यो उद्गार आज पुष्टि भएको छ । हुनपनि जनुमुक्ति सेनाको सात डिभिजन निर्माण भयो र म त्यो जनमुक्ति सेनाको विग्रेड सह कमाण्डरसम्म पुगे । बासु दाई मसँगभेट भएको बेला भन्ने गर्नुहुन्थ्यो , संघषं जी तपाई एउटा उत्पीडित जाती समूदायको प्रतिनिधि हुनुहुन्छ । तपाईँले अरुले भन्दा धेरै संघर्ष गर्नुपर्छ । किनभने दक्षिण एसीयमा सबै भन्दा उत्पीडित समुदाय छिरलिएररहेको छ । आफ्नै भाषा , लिपि र आफ्ने भूगोल छैन । छुवाछुत जस्ता अमानविय चलनचल्ती व्याप्त छ । त्यसैकारण तपाईँले अरुले भन्दा धेरै संघर्ष गर्नुपर्छ । यो सामाजिक कंलक मेटाउन पनि जनयुद्धको सुरुवात भएको हो । २०५५ सालमा नेपाल दलित मुक्तिमोर्चाको भेला भएको रहेछ । त्यसको स्थापना गर्दा म सैन्य संगठनमा थिए । म उपस्थित हुन सकिन तर मलाई पनि स्थापक सदस्यमा राख्नुभएको रहेछ । नेतृत्व विकासमा क. बासुको दृष्टिमा आधारभूत वर्ग समुदायलाई प्राथमिकता दिनुहुन्थ्यो । मेरो सरुवा कास्की भयो । क. बासु पनि पोखरामा भेटभयो । क. बासु गोरखामा सैन्य संगठनलाई प्लाटुन फर्मेशन निर्माण गर्ने क्रममा जाँदै हुनुहुन्थ्यो । मसँग भटेर भन्नुभयो ः– संघर्ष जी घरमा केही खबर छ भने म गोरखा जाँदैछु भनेर सोध्नुभयो । मैले केही छैन दाई भने त्यो भेट नै बासु दाइसँगको आखिरीभेट रहेछ । २०५६ साल भाद्र २३ गते आजै दिन क. बासु र क बैरागीलाई गाँखुमा तत्कालिन हत्यारो पुलिसबाट हत्या भयो । हत्याको समाचार सुनेपछि म स्तब्ध भई एउटा महान मान्छे मेरो प्रेरणाको स्रोत गोरखालीहरु मात्र नभएर देशको र पार्टीको राजनैतिक अभिभावकलाई गुमाउनुप¥यो । “क्रान्तिको क्रममा हामीमा विचलन आयो भने क. सुरेस वाग्ले क बासुलाई सम्झदा गरिन्छ । फेरी उत्साह पैदा हुन्छ । ”
शहीदले देखाएको बाटोलाई नेपाली क्रान्ति पुरा नभएसम्म हामी पछ्याइ रहने छौं । क्रान्ति र प्रतिक्रान्तिको साँधमा रहेको नेपाली क्रान्तिमा क. बासुलाई र क. बैरागीलाई नसम्झीरहन सक्तैनौ । आज हामीसँग भौतिक विछोडभएको पनि १४ वर्ष वितिसकेको छ । भौतिक रुपमा विछोड भएपनि विचारमा युगौ युग बाँचिरहनु हुनेछ । हामी बाँचेकाहरुले सदैव बासु र वैरागीले देखाएको बाटोद्वारा लक्ष्य पूरा नहुँदासम्म अगाडि बढी रहने छौं । महान् शहीद बासु वैरागीलाई लालसलाम ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide