Political News,
कांग्रेसले आँट नगरे एमालेः पोखरेल
Posted by Unknown
Published on Thursday, August 9, 2012
पोखरेलले एमालेले जननिर्वाचित जनादेशबाट नयाँ संविधान निर्माण गर्न सकिने निक्र्यौल गरिसकेको उल्लेख गरे । विघटित संविधानसभाले ९० प्रतिशत कार्य गरिसकेको र बाँकी काम निरन्तरता दिन सकिए पनि प्रक्रियागत झमेला हुने भएकोले निर्वाचित संसदले नयाँ संविधान जारी गर्ने उनले बताए । पोखरेलले जातीय राज्य कुनै हालतमा नहुने दावी गरे । एकल पहिचानको संघीयता नभएर साझा थलोको संघीयता एमालेको स्पष्ट दृष्टिकोण रहेको भन्दै उनले आफ्नो पार्टीलाई संघीयता विरोधी आरोप लगाउनेहरु नै गलत रहेको टिप्पणी गरे । अर्को प्रसंगमा पोखरेलले माओवादीले मुलुकलाई कब्जा गर्दै अधिनायकवाद र अतिवादबाट उद्यत रहेको बताए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दुई खुडि्कलोको राजनीतिक रणनीति रहेको उनको विश्लेषण थियो । दाहालको जनयुद्ध र जनसेनाको खुडि्कलो खुस्किसकेको बताउँदै उनले अब जातीय राज्यको खुडि्कलो बाँकी रहेको बताए । 'पहिलो खुडि्कलो खुस्किसक्यो,' उनले भने, 'अब दोस्रो खुडि्कलोको सपना पनि तुहिने छ ।' उनले जनघाती र राष्ट्रघाती कार्यबाट हार्दै गएको भन्दै एमाओवादी अध्यक्ष दाहाललाई 'जुवाडे'को संज्ञा दिए ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





