Political News,
तीन शीर्ष नेताले सहमतिमा निकास दिन नसके आफू अघि बढ्ने –महत
४ भाद्र काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर रामशरण महतले पार्टीभित्र देखिएको विवाद र सरकारको नेतृत्व लगायतका विषयमा शीर्ष नेताहरु पार्टी सभापति सुशिल कोइराल, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले सहमति गरेर निकास दिन नसके आफूहरुले निकास खोज्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा डाक्टर महतले पार्टीभित्र नेताहरुवीच देखिएको टकराव सैद्धान्तिक नभई ब्यक्तिगत स्वार्थ भएकोले यसको समाधान जटिल नभएको दावी गर्नुभयो । उहाँले नेपाली कांग्रेस तीन शिर्ष नेताको भरमा नभई कार्यकर्ताको भरमा चलेको भन्दै अहिलेसम्म तीनै कार्यकर्ताको कारण पार्टी बचेको बताउनुभयो । अर्काे प्रसंगमा नेता महतले सत्ता कब्जा गर्ने दिर्घकालिन रणनीति अनुसार माओवादीले संविधानसभा विघठन गरेको दावी गर्दै डा महतले राष्ट्रपतिले यस्तो अवस्थामा चुप लागेर बस्न नहुने स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रपतिले आब्हान गर्ना साथ काग्रेसले प्रधानमन्त्रीको उमेदवार घोषणा गर्ने स्पष्ट पार्नुभयो । संविधान संसोधन नभई निर्वाचन हुन नसक्ने अवस्था हुँदा हुँदै सरकारले ल्याएको अध्यादेश फिर्ता गर्नु राष्ट्रपतिको सकारात्मक कदम भएको धारणा उहाँको थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");Template
dailyvid
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





