Welcome Guest!
twitter facebook rss

,

मोबाइलका किरालाई ‘तह लगाउने’ होटेल

केहीदिनअघि मात्र अमेरिकाको एक होटलले नग्न मोडेलका नांगा जिउमा खाना पस्किएर पाहुनालाई दिने नयाँ सेवा सुरु गरेको खबर आएको थियो । फेरी अर्को अमेरिकी होटेलले पनि यस्तै अचम्म लाग्ने तर फरक खालको नयाँ अफर सार्वजनिक गरेको छ ।
अमेरिकाको लसएन्जल्समा रहेको एक रेष्टुरेन्टले आफ्नो मोबाइल विरोधी अफर सार्वजनिक गरेको हो । होटलको नयाँ अफर अनुसार अब उक्त होटलमा खान जाँदा यदि मोबाइल लगिएन भने ५ प्रतिशत छुट पाइनेछ ।
रेष्टुरेन्टमा खान आउने ग्राहकहरु मोबाइल फोनमा नझुण्डियून् र रेष्टुरेन्टको सेवा तथा वातावरणको भरपूर आनन्द उठाउन् भनेर यस्तो योजना सार्वजनिक गरिएको रेष्टुरेन्टमालिक बताउँछन् ।
रेष्टुरेन्टमा आउने धेरै ग्राहकहरु खाजा खाने समयमा पनि भोजन तथा आफुसँग आएको साथीमा भन्दापनि मोबाइलमै व्यस्त हुने भएकाले त्यस्तो खराब लत छुटाउनका लागि मोबाइल विरोधी योजना ल्याइएको दाबी उनको छ ।
एक सर्भेका अनुसार मानिसहरुमा यतिधेरै मोबाइल मोह हुन्छ की आधाभन्दा धेरै मानिस सधैभरी मोबाइल आफ्नो साथमै राख्न चाहन्छन् । हरेक १ हजार जनामा ७ जनाले त बाथरुममा पनि मोबाइल बोकेरै जान्छन् ।
धन्य छ, त्यस होटेललाई । जसले मोबाइल फोनका ती अम्मलीहरुको बानी छुटाउन केही हदसम्म भएपनि प्रयास गरेकोमा ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide