National news Tekman photo,
बाग्लुङमा छोडपत्र गर्नेको संख्या बढ्दै
Posted by Unknown
Published on Monday, August 6, 2012
साउन २३- पतिसँग बस्न नसकेपछि विहुँ-९, की शान्ति आचार्यले ३ लाख २५ हजार रुपैयाँ लिएर सम्बन्ध विच्छेद गरिन्। आफूलाई बेवास्ता गरेर अर्को विहे गरेपछि दमेक-८, की देवी केसीले पनि ३ लाख ५० हजार लिएर छोडपत्र दिइन्। केसी छोरा लिएर माइतमा बस्दै आएकी छन्। पछिल्लो समय पारिवारिक बेमेल, घरेलु हिंसा, दोस्रो विहे, पति वैदेशिक रोजगारमा गएको अवस्थामा परपुरुषसँग हिँड्ने लगायतका घटनाले सम्बन्ध बिच्छेदका घटना बढेका छन्। विगतमा सम्बन्ध बिग्रिए पनि लामो समयसम्म माईती घरमा बस्ने प्रचलन तोड्दै महिलाहरु अहिले पति पत्नीको सम्बन्ध चिसिना साथ सम्बन्ध बिच्छेद गर्छन्। पीडित महिलाहरु न्याय खोज्दै महिला सेवा केन्द्र, प्रहरी, अदालत पुगेर छुटिने गरेका छन्। पतिको यातना सहन नसकेपछि जिल्लाको मल्म-७, की थमकुमारी चोखाल पतिसँग सम्बन्ध बिच्छेद गर्न अदालतमा मुद्दा दायर गरेकी छन्। मदिरा सेवन गरेर कुटपिट गरेपछि चोखाल पाँच छोराछोरी लिएर माईत दुदिलाभाटी-४, बस्दै आएकी छन्। चोखालले पति रेम बहादुरसँग सम्बन्ध बिच्छेद गर्न चाहान्छिन्। 'सँधै हिँसा गरेपछि सहेकर कति बस्नु,' थम कुमारीले भनिन्,' छोराछोरी लिएर बस्न सम्बन्ध बिच्छेद गर्न पाउँ भन्दै मुद्दा हालेकी हुँ।' बाबुले छोराछोरीलाई पालन पोषणको जिम्मा लिनुको साटो थम कुमारीको काँधमा आएपनि सानो होटल गरेर गुजारा चलाएकी छन्। 'दुःखजिलो गरेर छोराछोरीलाई पढाउँछु,' चोखालले भनिन्, ' अंश चाहिएन। सम्बन्ध टुटाउन पाए भयो।'अधिकांश मुद्दामा पुरुषले घरेलु हिँसा गर्ने गरेका छन्। पालन पोषण, हेरचाह, छोराछोरीको शिक्षादिक्षा गर्नुको साटो उल्टै मदिरा सेवन गरेर आई यातना दिने गरेपनि नाता तोड्ने गरेका हुन्। महिला विकास कार्यालय अन्तरगत महिला सेवा केन्द्रमा १सय १४, जिल्ला प्रहरी कार्यालयमा १०८ गरी २सय २२ घरेलु हिँसा र सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए। महिला सेवा केन्द्र, प्रहरीले मिल्ने सम्म दुवै पक्षलाई राखेर मिलाउने गरेका छन् । अदालती प्रक्रिया झन्झट हुने भएपछि पुरुषको जायजेथा र हैसियत अनुसार रकम लिएर सम्बन्ध बिच्छेद गरेका छन्। ५०हजारदेखि ७ लाख रुपैयाँसम्म रकम दिएर सम्बन्ध बिच्छेद गर्ने गरेको प्रहरी नायब उपरिक्षक कृष्ण सिवाकोटीले बताए। ' उजुरी परेपछि दुवै पक्षलाई राखेर छलफल गराउछौँ,' सिवाकोटीले भने,' दुवै पक्षबीच रकमको बारेमा सहमति भएपछि एकआपसमा सहमति गरेर सम्बन्ध तोड्छन्।'
रकम दिने एक आपसमा सहमति नभएर अंशनै मागदाबी गर्नुपर्ने भएपछि प्रहरी र महिला सेवा केन्द्रले अदालतमा जान सुझाउँछन्। महिला शसक्तिकरणसँगै महिलाले अन्याय नसहेर बाहिर आउने गरको महिला विकास कार्यालयले जनाएको छ। खोज्दै आउने गरेको महिला विकास अधिकृत लक्ष्मी जि.सी. कार्कीले बताईन्। 'वितगमा दविएर बसेपनि अहिले महिलाहरु खुलेर न्याय माग्न आउन थालेका छन्। सेवा केन्द्र, प्रहरी कार्यालयमा पनि नमिलेका मुद्दा अदालत पुग्ने गरेका छन्। जिल्ला अदालत, बाग्लुङमा दायर मुद्दामा ८४ जनाको सम्बन्ध बिच्छेदको फैसला भएको छ। सम्बन्ध बिच्छेदका मुद्दा बढेको अदाललते जनाएको छ। 'सम्बन्ध बिच्छेदका मुद्दा बढेका छन्,' अदालतका नासु गंगाराम गौतमले भने,' घर खान लाउन नदिएको, दोस्रो बिहे गरेको भन्दै महिला न्याय माग्न आउँछन्।'
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





