National news Tekman photo,
जनैपूर्णिमा (रक्षाबन्धन) पर्वको आध्यात्मिक रहस्य
Posted by Unknown
Published on Wednesday, August 1, 2012
जनैपूर्णिमा अथवा रक्षाबन्धन एक प्राचीन पर्व हो जुन नेपाल र भारत वर्षमा धुमधामसंग मनाइन्छ । रक्षाबन्धनको नाम लिने बित्तिकै भाइ र बहिनीको पवित्र स्नेहको लहरहरु मनमा उत्पन्न हुन थाल्दछ । कुनैपनि दृष्टिकोणले हेर्ने हो भने रक्षाबन्धन पर्व आफैमा एक अद्भूत छ । ज्ञानको दृष्टिकोणबाट हेर्ने र मनाउने हो भने यसबाट मुक्ति र जीवनमुक्ति प्राप्त हुन्छ । तर यसलाई परम्पराको रुपमा मनाउने चलन छ । जनैपूर्णिमा श्रावण महिनाको पूर्णिमामा मनाइन्छ । यस पर्वको सार्वभौमिक लोकमान्यता यो छ कि यस दिन दिदीबहिनीले दाजुभाइलाई राखी बांध्दछन् र दाजुभाइले आफ्नो बहिनीको भार आफ्नो माथि लिएको हुन्छ । तर मनमा प्रश्न उठ्न सक्छ कि दिदीबहिनीको रक्षाको भार दाजुभाइको माथि किन ? किनकि जब कन्या सानो हुंदा उसको रक्षा गर्ने काम मातापिताको हुन्छ । जब विवाह हुन्छ त्यस अवस्थामा उसको रक्षा गर्ने काम पति माथि हुन्छ । वास्तवमा मान्ने हो भने दिदीबहिनीको रक्षा गर्ने काम दाजुभाइमाथि नै हुन्छ कसरी ? फेरि प्रश्न उठ्न सक्छ कि ठूलो दिदीले सानो भाइलाई पनि राखी बांधिदिन्छन् ? जसलाई बोल्न, देख्न, चिन्न आउदैन भने यस्तो भाइले विकट परिस्थितिमा दिदीबहिनीको रक्षा कसरी गर्ने ? अझ विदेशमा बस्ने दाजुभाइलाई पनि राखी पठाउंछन् भने संकटको समयमा टाढा बस्ने दाजु वा भाइ के पुग्न सक्छ त ? अवश्य पनि सक्दैन । अब यो प्रश्न अत्यन्त नै विचारणीय हुन जान्छ कि रक्षा बन्धनको महत्व दाजुभाइ र दिदीबहिनीको प्रेमसम्म मात्र सीमित छ या यसको अरु कुनै गहन रहस्य पनि छ ।दिदीबहिनीहरु भाइसंग कुन प्रकारको रक्षा चाहन्छन् त ?
रक्षाबन्धनको गुप्त रहस्यलाई बुझ्नु भन्दा पहिला यो कुरा जान्नु आवश्यक छ कि मनुष्यको सबै प्रकारको रक्षा कसरी र कोद्वारा हुन सक्छ ? र दिदी बहिनी आफ्नो दाजुभाइसंग कुनप्रकारको रक्षा चाहन्छन् ? वास्तवमा विचार गर्ने हो भने प्रत्येक मनुष्य पांचप्रकारको रक्षा चाहन्छन् ।
१.तनको रक्षा २.धर्मको रक्षा ३. सतीत्व वा पवित्रताको रक्षा ४.कालबाट रक्षा ५.मायाको विघ्नबाट रक्षा
तर प्रश्न उठ्छ कि के सबै मानिस यस पांचै प्रकारको रक्षा गर्न समर्थ छन् त ?
सर्वप्रथम तनको रक्षा वा शारीरिक रक्षाको लागि मानिसहरु अनेकौं कोसिसहरु गरेता पनि अन्तिम समय आएपछि उसलाई कसैले पनि बचाउन सक्दैन । त्यसकारण भनाई छ ‘भावी टालने से नही टलती’ ।
दोस्रो प्रकारको रक्षा हो धर्मको, पवित्रताको रक्षा । कौरवको सभामा जब द्रौपदीको चिरहरण भइरहेको थियो तब उनले भगवानलाई पुकारेकी थिइन् किनकि त्यसबेला कुनैपनि मित्र र सम्बन्धीहरु उनको रक्षा गर्न असमर्थ थिए । यस्तो आपतको समयमा मानिसले केबल भगवानलाई मात्र सम्बोधन गरेर भन्ने गर्दछन्- ‘हे प्रभु हाम्रो लाज राख्नुहोस्, हाम्रो धर्मको रक्षा गर्नुहोस् भगवान’ । अतः निसन्देह तिनै अमुर्त भगवानले नै हाम्रो सतित्व अथवा धर्मको रक्षा गर्नुहुन्छ ।
तेस्रो प्रकारका रक्षा हो कालको पंजादेखि रक्षा- मनुष्य स्वयं नै कालाधिन छन् । ठूला-ठूला योद्धाहरु पनि कालको पंजाबाट छुट्न सक्दैनन् । उदाहरणको लागि सिकन्दर, उसले अनेकौं सैनिकहरुलाई मारे, मार्न लगाए तर स्वयं नै कालबाट बच्न सकेनन् ।
चौथो प्रकारको रक्षा हो लौकिक संकट वा आपत्तिहरु सधैको लागि दुःख र संकटबाट रक्षा । पांचौ प्रकारको रक्षा हो मायाको विघ्नदेखि रक्षा । अप्ठेरो पर्दा हामी भगवान पुकारा गर्दछौं भन्छौं कि- ‘विषय विकार मिटाओ पाप हरो देवा’ ।
दिदीबहिनीहरुले रक्षाबन्धन किन बांधिदिन्छन् त ?
अब प्रश्न उठ्छ कि यदि परमात्माले नै पांचै प्रकारको रक्षा गर्ने हो भने दिदीबहिनीहरुले भाइहरुलाई रक्षाबन्धन किन बांध्ने अथवा ब्राहृमणले पनि रक्षासूत्र बांध्ने किन ? यसकुरालाई बुझ्नको लागि हामीलाई यो जानकारी हुन आवश्यक छ कि यस पर्वलाई ‘विषतोडक पर्व’ अथवा ‘पुण्य प्रदायक पर्व’ पनि भनिन्छ । यो नामबाट सिद्ध हुन्छ कि यो बन्धन विषय विकार त्याग्न र पुण्यात्मा बन्नेको प्रतीक हो । अतः रक्षाबन्धन पवित्रता अथवा धर्मरक्षाको बन्धन हो । वास्तवमा सूत्र बांध्नु, संकल्प गर्नु नेपाली संस्कृतिमा दृढ प्रतिज्ञा गर्नुको प्रतीक हो । यसैको रुपान्तरण रक्षाबन्धन हो किनकि आज कुनैपनि सन्दर्भमा यसको पवित्रता नरहेको कारणले गर्दा यसलाई भाइ बहिनीको पर्व बनाइएको छ । यसरी सांसारिक बन्धनमा पवित्रता नरहेको कारण आज साधु, सन्त कहां गएर मानिसहरु प्रश्न गर्दछन् । हामीले ईश्वरको स्वरुपमा मनलाई कसरी जोड्ने र मनलाई कसरी बचाउने । यसबाट स्पष्ट हुन्छ कि रक्षा बन्धनको चाड केबल नारी जातिको लागि मात्र होइन । सर्वप्रथम नर-नारीहरुले रक्षाबन्धन बांधेर पवित्रताको व्रत धारण गरी अन्य मनुष्यात्माहरुलाई पनि यस कल्याणकारी बन्धनमा बांध्नु हो । सबै मनुष्यआत्माहरु एउटै पिता परमात्माको सन्तान हुनाले आपसमा भाइ बहिनी हुन् । रक्षाबन्धन कुनै शारीरिक रक्षाको लागि मात्र होइन बरु भाइले बहिनीहरुको पवित्रताको लाज अथवा सतीत्वको रक्षा गर्नु हो । आफ्नो भाइलाई रक्षाबन्धन बांध्दा हरेक बहिनीको मनमा यही भाव उत्पन्न हुन्छ कि जसरी तिमीले मलाई आफ्नो बहिनी सम्झन्छौं त्यसैगरी संसारका नारीहरुलाई पनि आफ्नो बहिनी समान सम्झनु पर्दछ तब मात्र मेरो लाज बचाव हुनसक्दछ अन्यथा हुन सक्दैन । रक्षाबन्धन केबल कपासको धागोले बनेको हुन्छ तर त्यसमा जुन भाव भरिएको हुन्छ र त्यो जुन विचारको प्रतीक हो त्यसले जीवनलाई अति उच्च र श्रेष्ठ बनाउंदछ । यदि यस मुख्य भावलाई कसैले छोड्छ भने रक्षाबन्धनको कुनै मूल्य नै रहंदैन । यी सबैबाट स्पष्ट हुन्छ कि रक्षाबन्धन ब्रहृचर्यको प्रतीक हो । तर सन्यासीहरुले नारीलाई नागिन अथवा नर्कको द्वार भनी सबै अपवित्रताको दोष नारी माथि नै लगाएको छ । वास्तवमा नरनारी दुवै पतित छन् । द्रोपदीको जस्तो कुनै नरले आफ्नो लाजको रक्षाको लागि परमात्मालाई पुकारेको छैन । कलियुगको अन्तको पतित समाजमा पुरुषप्रधान नै हुन्छ । यसकारण पुरुष पवित्र रहनाले बहिनीको लाज बच्न सक्छ र जन्म जन्मान्तरको लागि सुख, शान्ति, आनन्द प्राप्त गर्न सकिन्छ ।
यस पर्वको पछाडि पौराणिक कथा
पौराणिक कथाको अनुसार देवराज इन्द्र र दैत्यराज वृत मध्य १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बांच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिनुहुन्छ । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी रक्षाको विधान श्रावण मासको पूणिमाको शुभ मूहूर्तमा इन्द्रलाई रक्षाको बन्धन बांध्दै निम्न मन्त्र जप्नुहुन्छ ।
येन बद्धो बली राजा दानवेन्द्रो महाबलः,
तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल ।।
तत्पश्चात् इन्द्राणीले इन्द्रको दाहिने हातमा रक्षासूत्र बांध्नुहुन्छ । त्यो कुन रक्षासूत्र थियो त ? जुन रक्षासूत्र बांध्नाले देवराज इन्द्र विजयी बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो । जसको भावार्थ यही हो कि यदि मानिसले आफ्नो आसुरी वृतिहरुमाथि विजय प्राप्त गर्न चाहन्छ भने आफ्ना धर्मपत्नीसंग पनि रक्षासूत्र अवश्य बांध्नु पर्दछ । मन, वचन र कर्मलाई पवित्र बनाउनु पर्दछ । एक अन्य शास्त्र कथा अनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासंग राखी बांध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी बांध्दछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । रक्षाबन्धन एक धार्मिक उत्सव पनि हो । जसको सम्बन्ध जीवनमा श्रेष्ठता एवं निर्विकारितासंग छ । यसकारण यस पर्वलाई विषतोडक पर्व पनि भनिन्छ ।
रक्षाबन्धन शब्दमा दुई शब्द जोडिएको छ । रक्षा+बन्धन रक्षाबन्धन । दुनियांमा दुई प्रकारका बन्धनहरु छन् ।
१. सांसारिक बन्धन २. ईश्वरीय बन्धन
आज हरेक व्यक्ति सांसारिक बन्धनदेखि छुट्न चाहन्छन् र ईश्वरीय बन्धनमा बांधिन चाहन्छन् किनकि ईश्वरीय बन्धन काल्पनिक र सुखदायी बन्धन हो । रक्षाबन्धन यसै कुराको प्रतीक हो कि हामीले आफ्नो स्वयंको रक्षा गर्नको लागि पवित्रताको बन्धनमा बांधिनुपर्छ । भनिन्छ कि यो बन्धन दशैंसम्म बांध्ने जबसम्म दश विकार माथि विजय प्राप्त गरेर दशमी मनाईंदैन तबसम्म यो पवित्रताको बन्धनमा बांधिनु पर्ने आवश्यकता छ किनकि पवित्रताको धारणा आत्मिक स्थितिमा स्थित भएमा मात्र गर्न सकिन्छ । यसकारण यसदिन पहिला बहिनीले भाइलाई टीका लगाइदिन्छन् र स्थूल सामाग्री दिनुको वास्तविक अर्थ खराब चिजको दान गर्ने प्रतीक हो ।
विजयको प्रतीक
रक्षाबन्धन मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्व हो । रक्षासूत्रको बन्धन र टिका यस उत्सवको प्रमुख विधान हो । सूत्र आत्माको मयादा र संयमको प्रतीक हो र टिका आत्म स्वरुप स्थितिमा स्थित हुने प्रतीक हो । सूत्र कुनैपनि वस्तुलाई अविच्छिन गर्ने वस्तु हो । सुनियोजित एवं सुव्यवस्थित वस्तु एक सूत्रमा ग्रथित मानिन्छ । रक्षाबन्धनको सही अर्थ आफू आत्म स्थितिमा अचल, अडोल भएर पवित्रताको पालन गर्नु हो किनकि पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





