Intertainment Tekman photo,
गाईजात्रे प्रहसनमा माग्ने र धुर्मुस छुट्टा-छुट्टै हलमा
Posted by Unknown
Published on Wednesday, July 25, 2012
पोहोरपरार झैं यसपाली पनि कलाकारहरुले दुई समूहमा बाँडिएर स्टेज कार्यक्रम गर्ने भएका छन् । राष्ट्रिय सभागृहको हलमा एकथरी र प्रज्ञा भवनको हलमा अर्काथरी । टेलिभिजनबाट प्रसारण हुने हास्यँ टेलिश्रृँखला तीतो सत्य, जीरे खुर्सानी र मेरी बास्सैका कलाकार प्रज्ञा भवनमा जम्मा हुनेछन् । यस्तै टेलिभिजनबाटै प्रसारण हुने कार्यक्रम झ्याईंकुटी झ्याईं, जय होस् र मेरी बास्सैका अर्काथरी कलाकार राष्ट्रिय सभागृहमा भेला हुँदैछन् । कलाकारहरु बाँडिएपनि तीतो सत्य, जीरे खुर्सानी, झ्याईंकुटी र जय होस्का मुख्य कलाकार आफ्नो समूहबाट छुट्टएिका छैनन् । तर मेरी बास्सैका मुख्य कलाकार भने छुट्टएिका छन् । केदार घिमिरे माग्नेबुढो, सुरवीर पण्डित लगायतका कलाकार राष्ट्रिय सभागृहको समूहमा मिसिएका छन् । सिताराम कट्टेल धुर्मुस, उनकी श्रीमती कुञ्जना सुन्तली लगायतका कलाकार प्रज्ञाको समूहमा हुनेछन् ।
छुट्टाछुट्टै गाईजात्रे कार्यक्रम प्रस्तुत गरेपनि हरेक वर्ष दुई ठाउँमा कलाकारहरुको समूह एउटै देखिन्छ । तीतो सत्यका दिपकराज गिरी, दीपा श्री निरौला, जीरे खुर्सानीका किरण केसी, शिवहरि पौडेल, जितु नेपाल तथा मेरी बास्सैका सिताराम र केदार पोहोरपरार सम्म एउटै समूहमा थिए । पोहोर केदारले गाईजात्रे प्रस्तुतिमा सहभागी नै भएनन् । परारसम्म उनी यही समूहमा थिए । तर यसपटक उनी आफ्नो सहकर्मी सितारामलाई छाडेर अर्को समूहमा मिसिएका छन् । यसलाई उनले अरु केही कारण नभएर कथा मिलेकोले अर्को समूहमा जानुपरेको प्रतिकृया दिएका छन् ।
कारण मनमुटाब
टेलिभिजनमा एउटै कार्यक्रम प्रस्तुत गर्ने भएपनि केदार र सितारामको सम्बन्ध राम्रो छैन भन्ने चर्चा पहिलेदेखि नै चल्दै आएको हो । यो चर्चित जोडीले आआफ्नै ढंगले छुट्टाछुट्टै सुटिङ गर्ने गरेको छ । उनीहरुलाई नजिकबाट चिन्नेहरुले दिएको जानकारी अनुसार कार्यक्रम लोकप्रीय भएर मात्र, नत्र यो जोडी उहिल्यै फुटिसक्थ्यो । अहिले पनि उनीहरुबीचको सम्बन्ध राम्रो छैन । यही कारण यो जोडीले यसवर्ष स्टेज कार्यक्रम फरक फरक गर्न लागेको हो ।
गाईजात्रे प्रस्तुतिमा कलाकारहरुले दल तथा नेताहरु नमिलेको कुरालाई नै जोड दिएर व्यंग्य गर्छन् । तर उनीहरुबीच नै सहकार्य र सहमति नभएको कुरा चाहिं कसले भनिदिने ? केदार र सिताराम त पछिल्ला उदाहरण हुन् । पहिले निकै जमेको जितु र दमन रुपाखेतीले भिन्नाभिन्नै कार्यक्रम थालेको धेरै भैसक्यो । प्रसिद्ध हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह जोडी बाहेक अरु धेरै जोडी त्यति जम्न सकेका छैनन् । अरुको सम्बन्धबारे चियोचर्चो र व्यंग्य गर्ने हास्यँकलाकारहरुलाई चाहिं कसले गरिदिएला खिसीटिउरी ?
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





