Article,
अनुभुतिको दोछायांमा मेरो मातृत्व
Posted by Unknown
Published on Wednesday, July 25, 2012
“ममी, विहेको विदाई भन्ने दु:ख लाग्ने जस्तो सुनिने संबेदनशील सन्दर्भलाई शाव्दिक अर्थमा नलिनु होला है, नेपाली,हिन्दि सिनेमाहरु, कथाकहानीहरुवाट सामाजिक आदत जस्तो भएको दुखद परिच्छेद कमसेकम तपाईले ठान्नु हुन्न भन्ने लागेको छ’। मेरी छोरीले अघिल्लो रात मलाई संझाएकी थिई। विहेको विधि अन्तर्गतका कन्यादान , विदाई आदी सवै रितहरुलाई परापूर्वकालको तत्कालिन आवश्यकता र परिवेश अनुरुप स्वीकारेर यो प्रक्रिया को शाव्दिक अर्थ भन्दा पर एउटा औपचारिकताको शृंखला मात्र ठानिदिने एकदिन अगाडीको छोरीको त्यो आग्रहले झिनो तगारो तेर्स्याएपनि अनुभुतिका कांडाहरुले घोच्न छोडेका थिएनन्। नचिनेको मान्छेको घर गएर त्यहांको परिपाटीमा आफूलाई अनुदित गर्नुपर्ने र चाडवाड अनि त्यस्तै कुनै अवसरमा मात्र आमा वावुसंग भेट गर्ने फर्किन पाउने कलीला अवोध वेहुलीहरुको परिप्रेक्षले जन्माएका कतिपय रितहरुलाई समय सापेक्ष अनुवाद गर्न वाकी नै भएकोले विहेको विदाई दुखद वास्तवमा दुखद हुनु नपर्ने नयां तथ्य मेरो छोरीले मलाई उल्टै संझाएकी थिई। हुन पनि हो कहिले कांहि सवै समझदारी र वयस्कता अदृष्य भएर संवेदनाको छांयाले विगतमा पुर्याउछ एउटा अवोध वालक वनाईदिन्छ।
आंखाको पर्दा ऊघ्रिएर छ्यांङग हुंदा अलिखित भविष्यको निर्देशक समयको हात समाएर जीवन चलचित्रको दोस्रो अध्यायको लागि निर्धारित दृष्यसंग समाहित मेरीछोरी म र मेरो सिमावद्द ममताको लक्ष्मणरेखा पारि पुगिसकेकी थिईन्। प्रतिस्पर्धाहिन जित भनौ या प्रतिस्पर्धायुक्त हार जे भने पनि मेरो लागि यो तिर्सना र तृप्तिको दोभान थियो। विगत अढाई दशक देखिको तयारीको परीक्षा भने पनि अढाई दशकदेखि मेरो जिम्मामा रहेको तर प्रसंग वस आफ्नै ठान्न पुगिएको धरोहर भने पनि अर्थात आफ्नो शरीरको कुनै अवयव भने पनि अनायासै यात्रामा छुटेका दृष्यहरुजस्तै आफूवाट छुटिसकेछ। दिनरात घुंडा धसेर तयार गरिएको विषय वास्तवीक परीक्षाको समयमा आफ्नो दिमागको स्लेटवाट सपाट मेटिएजस्तै मेरी छोरीको जीवनको संघारमा आफूलाई न भित्र न वाहिरनै संलग्न पांए।
मध्य भदौको झरी पछिका चर्का घाम अस्ताएको राती काठमान्डौ स्थित पाटन अस्पतालको सानो कोठामा नर्सिङ पढ्दै गरेकी अधवैंसे युवतीले सेतो तौलियामा बेह्रेर ‘तपाईलाई छोरा या छोरी के को रहर छ” भनेर सोधेको वेला भर्खरैको प्रसव पिडा वाट तर्सिएर “छोरीको रहर छ, तर भर्खर आफू गुज्रिएको दर्दनाक पिडा उसलाई हुनु नपर्ने सर्तमा मात्र’ प्रशव यात्राले थकित शरीर र आनन्दाभुतिले रोमान्चित शव्दमा मेरो जवाफ थियो।
अप्रत्याशित पिडाले थकित तर एउटा बहुमुल्य अप्सराको आगमनले पुलकित मातृत्व को वगैचाको हिस्सा हुन पुगेको फूलको सानो कोपिलालाई सवैप्रकारका प्रकोपवाट संरक्षण गर्ने मौन वाचाको अंगालाले वेरेको थियो।
झन्डै हत्केलामा अट्टाउने मेरी छोरी मेरो जीवनमा लामो रात पछिको सुनौलो विहानी जस्तै भएर आएकी थिई भनौ या दाहिने हातको छैठौं औंला भएर आएकी थिई अझै भन्न सक्तिन, केहि गाह्रो तर आफूसंग सधै रहिरहने।आफ्नो वस्तीवाट झरेको तारा जस्तै मेरी छोरी परदेशीएका जीवनसाथी त्यति निश्चित नभएको भोलीको अंध्यारोलाई उजिल्याउन आएकी थिई। कृष्ण अस्टमीको भोलीपल्ट को मंगलवार दिउसो पाटन अस्पतालवाट कालिकास्थान डा पन्तजीको पुरानो घरको दोस्रो तलाको डेराको दाहिने पट्टिको कोठामा भित्रिएकी मेरी छोरी तोतेबोली र पहिलो पाईलामा आफू जन्मिएको भन्दा सवै दृष्टीकोणले वेग्लै परिवेशमा प्रवासिएकि थिई। वर्षातमा जमेको सानो खोपिल्टोमा समेटिएको आकाशको फैलावट जस्तै नारी अर्थात छोरी वारेका उपमा, भनाई र परिभाषाका डुवुल्का डुवुल्कीमा कोचिदा कोचिदा कुंजो जस्तै हुन पुगेकी म छोरीलाई ती तमाम परिभाषावाट मुक्त गराई आफ्ना दुई नयनका खोपिल्टामा भुमिगत राख्न चाहान्थें। प्रकृति, समाज, संस्कार, धर्म , रीत आदिका वेमौसमी आघात र आहतवाट जोगाएर मेरी छोरीलाई वास्तवमा म आफ्नै मनभित्र निर्वासित देख्न चाहान्थें।
खुल्ला सफा निलो आकाश, घमाईलो विहान चलेको सुमधुर हावा, रातो पोखरीमा डुवुल्की मारेर निस्किएजस्तो सजिएकी मेरी छोरी कहिल्यै साक्षात्कार नभएको हिन्दु मन्डपमा पुरोहितको निर्देशनलाई आज्ञाकारी छात्राले जस्तै शिरोपर गर्नु भन्दा पनि , रगतले कुलले र संस्कारले समेत अहिन्दु पृष्ठभूमीका तमाम मान्यताको विपरित भेष ले, विश्वासले, मनले र आत्माले हिन्दुत्व अंगालेका वर को सामिप्य ले मन्डपमा देवत्व थपिएको थियो। अनेपाली माटो मा अनेपाली वोली र अनेपाली संस्कार को दोसल्ला ओढेको आरोपित ग्लानी र हिनताको अभिशप्तता अंगाल्न बाध्य मेरो मातृत्व र वोलीले, स्वादले, रहनसहनको भिन्नताको कारणले मात्र वारम्वार “अनेपाली” या कम नेपाली घोषित मेरी छोरीलाई आस्थाले, समर्पणले, सत्यले, प्रतिबद्दताले , आत्मविश्वासले र प्रेमले त्यो मन्डपमा मैले आजसम्म देखिएका सवैभन्दा वढि नेपाली पांए। संस्कृतमा लेखिएका वेदका मन्त्रहरु र पारम्परिक वैवाहिक निर्देशनहरुको ससम्मान पालन गरीरहेका, आवरणमा र संस्कारमा सवैभन्दा अहिन्दु ठानिएका दुई आत्मा मनले सवैभन्दा वढि हिन्दु पांउदा त्यसको सामू आफैप्रतिको हिनताबोधले मेरा आंखा केहि झुक्न बाध्य भए।
सम्मानले, मनले , मायाले, मतले र मुटुले वरणगरिएको जीवनसाथीको फेर समाएर जीवनको संघारमा पुग्न लागेकी मेरी छोरीको निधारमा टांसिदिएका विदाईका अक्षताहरुले उसलाई कहांसम्म साथ दिने हुन्, अलिक ठूलो मेघ गर्जनले झस्किएर रुखमा वेह्रिएको लहराजस्तै मेरो शरीरमा टांसिने मेरी यो नाजुक कोपीलालाई झरीवादल असिना, हुरी वतास , र अरु अप्रत्याशित ताडनाहरु को सामना गर्न मेरा छचल्किएका मेरा आंखा कहां सम्म संगै रहने होलान् किंकर्तव्य बिमुढ मेरो मानसिकता मा द्वन्द चलिरह्यो। छोरीको आगामी जीवनको यो शुभारम्भमा उसमाथि परि आउन सक्ने भावी अपठ्याराहरुको चिन्ताको आड मा अढाईदशकको मातृत्व आफ्नै अस्तित्व प्रति चिन्तित भएको हुनु पर्छ। छोरीको जीवनका अपठ्याराहरुलाई सजिल्याउने एकलौटि दावीको मातृत्व अन्त्य हुन लागेको आफ्नो आवश्यकता प्रति सचेत भएको हुनु पर्छ।
“ममी, मेरो चश्मा कहां होला तपाईलाई थाहा छ”? विदा भएर केहि पर पुगेकि छोरीको फोन आउछ। म ढुक्क हुन्छु।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





