National news,
त्रिविमा माओबादी निकट कर्मचारी विजयी
Posted by Unknown
Published on Friday, July 27, 2012
१३ श्रावण, काठमाडौं ।त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारीहरूको संस्था त्रिवि कर्मचारी सङ्घमा पहिलो पटक प्रगतिशील समूह विजयी भएको छ । सङ्घको नेतृत्वका लागि नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी समूहबाट भोजराज राउत र एकीकृत नेकपा माओबादी र एमाले निकट प्रगतिशील समूहबाट कुबेर केसीको समूह प्रतिस्पर्धामा उत्रिएका थिए । हिजो अबेर सार्वजनिक मत परिणाम अनुसार केसी नेतृत्वको समूहले विजयी हासिल गरेको हो । केसी नेकपा एमाले निकट हुनुहुन्छ भने वरिष्ठ उपाध्यक्षमा निर्वाचित दिपक तिवारी एकीकृत नेकपा माओबादी निकट हुनुहुन्छ । निर्वाचनमा करिब सातसय मतदाता सहभागी थिए । निर्वाचन ७३ वटा केन्द्रमा सञ्चालन भएको निर्वाचन संयोजक भगिरथ काफ्लेले जानकारी गराउनुभयो । त्रिवि कर्मचारी सङ्घको यसअघिको लगातार तीन निर्वाचनमा नेपाली काँग्रेस निकटका कर्मचारी समूह विजयी भएको थियो । बामपन्थीहरुको गठबन्धन भएको यो पहिलो पटक हो ।हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





