Article Tekman photo,
अनारबाजेको अनौठो इच्छा--कृष्ण अविरल
Posted by Unknown
Published on Tuesday, July 31, 2012
उत्पादनको विधि केही थाहा नपाई खेती सुरु गरेका उनले सुरुमा केही हण्डर पनि खाए । किरा लागेर हैरान भएपछि उनले जिल्ला कृषि विकास कार्यालयमा सल्लाह मागे । त्यहाँबाट उनले बोटमा किरा संक्रमण हुन नदिन झुल काटेर छोप्ने सल्लाह पाए । तर परागसेचन हुन नपाएर त्यो वर्ष बोटमा दानै लागेन । त्यसपछि उनले दानैपिच्छे कपडाको थैला बनाएर लगाए । त्यो वर्ष भने आम्दानी राम्रो भयो । त्यसपछि उनले कागजको थैला बनाएर लगाए । त्यो वर्ष झनै राम्रो फल लाग्यो । त्यसपछि उनले त्यही विधिलाई निरन्तरता दिन र अरुलाई सिकाउन थाले ।
अनार खेतीको प्रवर्द्धनका लागि भौतारिइरहँदा उनले जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिनेशचन्द्र यादवको साथ भेटे । हिरालालको रुचिका बारेमा यादवले कृषि विभागमा चर्चा चलाएपछि विभागले फलको गुणस्तर परिक्षणका लागि बोलायो । २०६४ साउन २७ गते आएको रिपोर्टमा हिरालालको उत्पादन विदेशबाट आयातित भन्दा गुणस्तरीय प्रमाणित ठहरियो । त्यसपछि त उनी झनै हौसिएर अनार खेती प्रवर्द्धन गर्ने एक्लो अभियानमा लागे ।
हिरालालको भनाईमा इरानबाट अफगानिस्तान हुँदै भारतमा आएको अनार सुख्खाभन्दा सुख्खा डाँडापाखामा समेत मजाले फस्टाउन सक्छ । वर्षको ६० मिलिलिटर मात्रै पानी पर्ने ठाउँमा समेत हुनसक्ने भएकोले हाम्रो देशका खेर गएका अधिकांश पहाडी भेगमा अनार खेती गर्न सकिने उनी बताउँछन् । प्रति विरुवा ५ मिटरको फरकले रोपनीमा ३०-३५ बोट अनार लगाउन सकिने बताउने उनी रोपेको तेस्रो वर्षपछि आम्दानी लिन सकिने र पाँच वर्षपछि कतारमा भन्दा बढी कमाउन सकिने दावी गर्छन । ‘पाँच रोपनीमा लगाउने हो भने त दश वर्षपछि अमेरिका, जापान, कोरियाकै कमाइलाई पनि जित्छ ।’ अनारबाजेले भने, ‘अनारमा फल लाग्नुअघि बीच-बीच कोदो र मकैबाहेकका खोर्सानी, काउली, बन्दालगायतका अन्य बाली लगाएर त्यसबाट समेत आम्दानी लिन सकिन्छ ।’
पानी जम्ने सीमसार र हिउँ पर्ने लेकबाहेकका जुनसुकै भुभागमा हुन सक्ने अनुभव सँगालेका अनारवाजेले यसमा लाग्ने रोग किरा नियन्त्रणको विधि र बढीभन्दा बढी आम्दानी लिन सकिने उपाय पनि पत्ता लगाएका छन् । उनका अनुसार पुस महिनामा विरुवाको वरिपरि खनेर पाकेको गोबर मल हाल्ने खासै स्याहार गर्नु पर्दैन । तर फल लाग्न थालेपछि चाहिँ पुतली बस्न नदिनका लागि दानालाई कागजको टोपी बनाएर लगाउनु पर्छ । अनार खेती गर्नेहरुलाई उपचार विधि पनि सिकाउँदै आएका उनी भन्छन्, ‘सिकाएअनुसार गर्दा पनि मैले भनेअनुसारको आम्दानी भएन भने म क्षतिपूर्ति नै दिन्छु ।’ अनार प्रंवर्द्धनका लागि वर्षैभरि व्यस्त रहने उनले भने ।
उनकै पहल र स्थानीय शिव भण्डारीको प्रयासमा चरिकोटको घ्याङसुखा ठोकरका तीन वटा वडालाई अनार क्षेत्र घोषणा गरिएको छ । सिन्धुपाल्चोक मेलम्चीका रामजी दुलालले हजार, दैलेखका गोविन्दबहादुर शाहीले ७ सय विरुवा लगाएका छन् भने नेपाल वाणी रेडियो नेटवर्कका प्रमुख प्रदीप घिमिरेले आफ्नो गृहजिल्ला इलाममा ५० हजार विरुवाको नर्सरी लगाएका छन् । नवलपरासी, म्याग्दी, गुल्मी, सिन्धुली, उदयपुरलगायतका जिल्लामा पनि किसानका आ-आफ्नै प्रयासबाट अनार खेती सुरु भएको छ । उनले नर्सरीमा प्रति गोटा ५० र ढुवानीवापत् थप खर्च लिने गरेका छन् ।
नेपालमा उत्पादित अनारको गुणस्तर अन्यत्रको भन्दा राम्रो भएकोले बजार सुरक्षित रहेको उनको भनाई छ । खासगरी हरेक रोगका विरामीलाई अनार उपयोगी मानिने र अन्य फलफुलजस्तो तत्काल नसड्ने भएकोले पनि हाम्रा लागि अनार अत्यन्त उपयुक्त रहेको उनी बताउँछन् । ‘दुई वर्षअघिको तथ्यांकमा काठमाडौंमा मात्रै दैनिक ३० टन अनार विक्री हुँदो रहेछ । देशभरमा त झन् कति होला ?’ महँगो फलफुलमध्येको अनार आयातबाट वर्षेनी अर्बौ रुपैयाँ विदेशिइरहेको रहेको बताउने उनी भन्छन्, ‘हाम्रा डाँडापाखालाई अनारमय बनाउने हो भने हामी रेमिट्यान्सबाट भन्दा बढी आम्दानी गर्न सक्छौं । हाम्रा युवाले विदेशीको नोकर हुनै पर्दैन ।’ त्यही अभियानका लागि दिनरात नभनी भिडेका अनारबाजेको उत्साह देखेर सरकारले आगामि वर्ष अनार प्रवर्द्धनका लागि विशेष कार्यक्रम नै ल्याउन लागेको छ । आशा गरौं, अनारबाजेको सपना चाँडै पुरा होस् ।
देश विदेशमा बस्ने इच्छुक दाजुभाइहरुका लागि उनको सम्पर्क नम्बर हो- ९७४४-०२१६९८ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





