Health news,
४५ प्रतिशत आमाले मात्र शिशुलाई दूध चुसाउँछन् ।
								Posted by Unknown
								Published on Monday, August 5, 2013
आमाले आफ्नो दूधको महत्वका बारेमा अनभिज्ञता भएकै कारणले यस्तो अवस्था आएको सङ्गठनले जनाएको छ । स्वास्थ्य सेवा विभागले नेपालमा स्तनपानको अवस्थाका बारेमा गरेको अध्ययनअनुसार ८५ प्रतिशत आमाले शिशु जन्मेको एक दिनभित्रै स्तनपान गराउँछन् । अर्कातर्फ बच्चा जन्मिनेबित्तिकै आफ्ना परम्परागत संस्कृतिअनुसार अन्य खानेकुरा चटाउने÷खुवाउने गरिने काम अत्यन्त खतरापूर्ण भएको चिकित्सक बताउँछन् ।  विभागका महानिर्देशक प्राडा लखनलाल साह भन्नुहुन्छ “बच्चाका लागि आमाको दूध बराबर पोषणका लागि अरु कुनै पोषण हुँदैन ।” नेपालमा बच्चालाई स्तनपान गराउने दर भने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका देशमध्ये अग्रस्थानमै रहेको छ । सो अध्ययनमा नेपालमा स्तनपान गराउने दर ९८ भएको देखाएको थियो ।  
आमाको दूधको विकल्पमा गाईभैँसी एवम् अन्य दूध हुनै नसक्ने चिकित्सकले बताउँछन् । आमाको एक लिटर दूधमा ११ ग्राम प्रोटिन पाइन्छ तर गाईभैँसीको दूधमा त्यसको तेब्बर अर्थात् ३३ ग्राम हुन्छ । आवश्यकभन्दा बढी प्रोटिनलाई बच्चाले पचाउन नसक्दा यसको असर तत्काल देखिने गर्छ र बच्चा बिरामी परिहाल्छन्  । यसैगरी आमाको दूधमा विशेष प्रोटिन हुन्छ तर अन्य दूधमा यस्ता प्रोटिन नपाइने महानिर्देशक साह बताउनुहुन्छ । अर्काेतर्फ बच्चाका लागि अति आवश्यक पर्ने कार्बाेहाइड्रेड आमाको दूधमा सबैभन्दा बढी पाइने उहाँले बताउनुभयो । 
लामो समयसम्म नेपालको जेठो वीर अस्पतालमा कार्यरत रही महानिर्देशकको हालै मात्र जिम्मेवारी सम्हाल्नुभएका प्रा साहका अनुसार विभागले आफू मातहतका स्वास्थ्यप्रदायक संस्थालाई बच्चा अनुकूलन (बेबी फ्रेन्डली) बनाउने नयाँ नीति तयारी लागेको जनाएको छ । सो नीतिमा आमालाई स्तपानका महत्वका बारेमा स्वास्थ्य निकायबाट जानकारी दिने रहेको छ । विभागअन्तर्गतको बालस्वास्थ्य महाशाखाका प्रमुख डा सेनेन्द्रराज उप्रेती आमाले नियमितरुपमा छ महिनासम्म बच्चालाई स्तपान गराएमा कुपोषणबाट जोगिने बताउनुहुन्छ । 
पूर्णस्तनपानले बच्चाका लागि कुपोषण र सङ्क्रमणको रोकथाम हुने र आमाका लागि सुत्केरीपछि हुने रक्तस्रावबाट जोगिने, अर्काे गर्भ रहनबाट जोगिने तथा अनुहारको सुन्दरतासमेत बढ्ने महाशाखाले जनाएको छ ।  अर्कातर्फ स्तनपान गराउँदा नवजात शिशुको मृत्युको जोखिमसमेत कम हुने महानिर्देशक साहले बताउनुभयो । यस वर्षको स्तनपान सप्ताहको नारा ‘शिशुलाई स्तनपान गराउन आमालाई नजिकबाट सहयोग गरौँ’ भन्ने छ । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

