Welcome Guest!
twitter facebook rss

,

श्रेष्ठको अन्त्येष्टि, सम्मान नदिएकामा असन्तोष

काठमाडौँ, ३१ साउन । आज बिहान निधन हुनुभएका पूर्व प्रधानमन्त्री मरिचमान श्रेष्ठको आजै साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । हिन्दू संस्कारअनुसार उहाँका जेठा छोरा अनिल श्रेष्ठले दागबत्ती दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय झण्डा ओढाई श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जलि दिनुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शम्शेर राणा तथा पूर्वमन्त्रीहरु पशुपति आर्यघाटमा उपस्थित हुनुहुन्थ्यो ।

दाहसंस्कारका लागि सरकारले पूर्व प्रधानमन्त्रीको हैसियतमा सम्मान नदिएको भन्दै उहाँका शुभचिन्तकहरुले अन्त्येष्टि पूर्व केहीबेर विरोध र नाराबाजी गरेका थिए । सरकारले राष्ट्रिय सम्मान र सैनिक सलामी नदिएको विरोधमा सलामीका लागि आएको नेपाल प्रहरी व्यान्डलाई फर्काइएको थियो । यसका कारण सो क्षेत्रमा केहीबेर घम्साघम्सीसमेत भयो । प्रहरीको टोली फर्केपछि मात्रै साँझ ५ः४० मा दाहसंस्कार गरियो ।

श्रेष्ठको पार्थिव शरीरलाई उहाँको निवासबाट महाराजगञ्ज, चाबहिल हुँदै आर्यघाट लगिएको थियो । शवयात्रा र दाहसंस्कारमा उहाँका शुभेच्छुक तथा कार्यकर्ताको सहभागिता थियो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide