Intertainment Tekman photo,
पुरुषले महिलालाई बुझ्न र महिलाले पुरुषलाई स्वीकार्न सक्दैन
								Posted by Unknown
								Published on Monday, August 5, 2013
दुखको पाटो के भने महिला होस् वा पुरुष उसले आफ्नो सम्बन्धका बारेमा निकै महत्वाकांक्षा राख्दछ । त्यस्ता महत्वाकांक्षाले अन्ततः रिस, निरासा, दिक्कपना तथा झगडा निम्ताउँछ । महिलाको हकमा उनलाई आफ्नो पुरुष पार्टनरलाई बुझ्नु खासै गाह्रो हुँदैन भनिन्छ । त्यसैले यो अर्थमा महिलाहरु भाग्यमानी हुन्छन् । अर्थात् महिलाहरुलाई उनीहरुको पुरुष पार्टनरलाई खुसी राख्नका लागि खासै धेरै मेहेनत गर्नुपर्दैन । पुरुषको मनोविज्ञान उतिसारो जटिल हुँदैन त्यसले उसले सिधा सोँच्छ र सोही चाहन्छ । सोही सिधा कुरा बुझेर सोही अनुरुप महिला पार्टनरले गरिदिएमा पुरुष खुसी हुन्छ र उसलाई खुसी हुनका लागि अरु चाहिँदैन । एक पुरुषले आफ्नो महिला पार्टनरबाट निम्न कुराको अपेक्षा गरेको हुन्छ ः
इमान्दार प्रतिक्रिया  
महिला मित्रहरु, तपाइँले आफ्नो पुरुष पार्टनरलाई प्रभावमा पार्ने निहुँमा नक्कली संवेदना तथा प्रतिक्रिया सिर्जना नगर्नुहोस् । यदि तपाइँलाई उसले लगाएको कुरा मन परेको छैन भने सिधै भनिदिनुहोस् । लुकाउने कुरै छैन । यदि नराम्रो कुरालाई पनि राम्रो भनेर ढाँट्ने कोसिस गर्नुभयो भने भविष्यमा नराम्रो कुराको पोल खुल्नेछ र त्यसबाट तपाइँको इमान्दारिताको गरिबी पार्टनरले थाहा पाउनेछ । भन्न खोजेको कुरा के भने पुरुषहरु नराम्रो कुराको आलोचना सुन्न हिच्किचाउँदैनन् ।
सुझाव र प्रसंसा 
महिलाले जस्तै पुरुषले पनि सल्लाह सुझाव चाहन्छन् । बधाइ तथा धन्यवादका भोका हुन्छन् । उसले राम्रो काम गरेको छ भने प्रसंसा गर्न नभुल्नुहोस् ।
सम्भोग 
अवश्य पनि यो जैविक चाहना र आवश्यकता हो । पुरुषले महिलाबाट चाहने एउटा महत्वपूर्ण कुरा भने निश्चय पनि सेक्स हो । केवल सेक्स मात्र होइन पुरुषले महिलाबाट भरपूर माया, आलिंगन तथा चुम्बनको समेत अपेक्षा गरेको हुन्छ ।
हँसिमजाक 
महिला पार्टनर कत्तिको हँसिलो छ र उनमा सेन्स अफ ह्युमर कति छ रु भन्ने कुराले पुरुषको खुसीको स्तर निर्धारण गरेको हुन्छ । जोक्स, चुट्किला, हाँसो तथा मुस्कान पुरुषले सुन्न र हेर्न चाहने कुराहरु हुन् ।
स्वच्छन्दता 
पुरुषले चाहने अर्को कुरा भने स्वच्छन्दता र स्वतन्त्रता हो । त्यसैले आफ्नो पार्टनर कतै घुम्न निस्किँदा, कोही महिला सहकर्मीसँग हेलमेल गर्दा तथा केही लामो समय घरबाहिर बिताउँदा शंका गर्ने बानी छ भने त्यो त्याग्नुहोस् । अधिकांस पुरुषले स्वच्छन्दता र स्वतन्त्रतालाई इमान्दार ढंगले उपयोग गर्छन् र आफ्नो सम्बन्धमा सधै इमान्दार हुन्छन् । उनीहरुलाई उनीहरुको सामाजिक तथा व्यवसायिक जिवनले त्यस्तो खालको बाह्य सम्बन्धका लागि बाध्यता सिर्जना गरिरहेको पनि हुनसक्छ । त्यसैले पुरुष पार्टनरको मनोभावना बुझ्नुपर्छ ।
विश्वास 
सम्बन्ध दिगो तथा सुखमय बनाउनका लागि सबैभन्दा महत्वपूर्ण चिज भनेकै विश्वास हो । यो संसार विश्वासमै अडेको हुन्छ । त्यसैले दाम्पत्य वा प्रेम सम्बन्धमा पनि विश्वास सबैभन्दा महत्वपूर्ण हुन्छ । अनावश्यक आशंका गर्ने, कचकच गर्ने, हरेक कुरालाई शंकाको नजरले हेर्ने काम कहिल्यै गर्नुहुँदैन ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

