National news,
कांग्रेस केन्द्रीय सदस्य पहाडीको निधन
								Posted by Unknown
								Published on Sunday, August 18, 2013
 काठमाडौं, भाद्र ३  । मधुमेह र हृदयघातको समस्याबाट पीडित कांग्रेस केन्द्रीय सदस्य गोपालराज पहाडीको सोमबार बिहान निधन भएको छ । पहाडीको काठमाडौं शिक्षण अस्पताल सिनामङ्गलमा सोमबार बिहान ७ बजे निधन भएको हो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गत असारको दोस्रो हप्तादेखि अस्पताल भर्ना गरिएको थियो । विसं २००२ मा सङ्खुवासभाको मादिराम्बेनी(१ मा जन्मिएका अविवाहित नेता पहाडीले मुलुकको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक जेलजीवन बिताएका थिए ।
काठमाडौं, भाद्र ३  । मधुमेह र हृदयघातको समस्याबाट पीडित कांग्रेस केन्द्रीय सदस्य गोपालराज पहाडीको सोमबार बिहान निधन भएको छ । पहाडीको काठमाडौं शिक्षण अस्पताल सिनामङ्गलमा सोमबार बिहान ७ बजे निधन भएको हो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गत असारको दोस्रो हप्तादेखि अस्पताल भर्ना गरिएको थियो । विसं २००२ मा सङ्खुवासभाको मादिराम्बेनी(१ मा जन्मिएका अविवाहित नेता पहाडीले मुलुकको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक जेलजीवन बिताएका थिए ।१७ वर्षदेखि निरन्तर पार्टीको केन्द्रीय सदस्य रही पूर्वाञ्चल विकास क्षेत्रकै अग्रज केन्द्रीय नेताका रुपमा स्थापित पहाडी २०३६ देखि २०५२ सालसम्म सङ्खुवासभाको कांग्रेस पार्टी सभापति थिए भने २०४८, २०५६ र २०६४ सालको संसदीय र संविधानसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार थिए ।
पहाडीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए । पहाडीको निधनमा शोक ब्यक्त गर्न सोमबार बिहान साढे ९ बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । बैठकले तीन दिन पाटीको झण्डा आधा झुकाउने तथा पार्टी कार्यालय बन्द गर्ने निर्णय गर्ने तयारी गरेको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

