Tourism,
सेर्तुङ गाविसको डायरी
								Posted by Unknown
								Published on Thursday, August 29, 2013
धादिङ जिल्लाको उत्तरी दूर्गम क्षेत्र अन्तर्गत गणेश हिमालको फेदमा सेर्तुङ गा.वि.स. रहेको छ । यस गा.वि.स. जिल्ला सदरमुकामबाट १८ कोष उत्तरको दूरीमा पर्दछ । यो गा.वि.स. समुन्द्र सतहबाट १७३२ मिटर उचाईमा रहेको छ । १२४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो गा.वि.स. उत्तरमा चीनसँग, पूर्व उत्तरमा रसुवासँग जोडिएको तिप्लिङ गा.वि.स., पश्चिममा लापा गा.वि.स. र दक्षिणमा झार्लाङ गा.वि.स. र पूर्व दक्षिणमा नुवाकोट जिल्लासँग जोडिएको छ । यस गा.वि.स.मा गणेश हिमाल सामुदायिक अध्ययन केन्द्रले २०६७ सालमा गरेको सर्वेक्षण अनुसार कूल जनसंख्या ४ हजार ८ सय २ जना रहेको छ । जसमा महिला २ हजार ४ सय ७० जना र पुरुष २ हजार ३ सय ३२ जना रहेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस गा.वि.स.मा गणेश हिमाल, कालो दह, सेतो दह, तातोपानी , सिङल्हलेक, आँखु खोला, सेदाचेत, फ्यान्चेत, गुम्बा, कन्यादेवी थान, डुब्चुदह, मछ्याम्बो च्याम्रा, ब्राकर जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् । तामाङ जातिको बाहुल्यता रहेको यस गा.वि.स.मा गुरुङ, नेवार र विश्वकर्मा जातिको बसोबार रहेको छ । यहाँका अधिकांश मानिसहरु बौद्ध धर्म मान्दछन् भने केही मानिसहरु हिन्दु धर्म र केही मानिसहरु क्रिश्चियन धर्म मान्ने गर्दछन् । यहाँ तामाङ वाहेक अन्य जातिहरुले पनि तामाङ भाषा राम्रोसँग बोल्ने सक्दछन् । यहाँ बसोबार गर्ने विश्वकर्मा जातिहरुको अवस्था भने निकै नाजुक रहेको छ यस गा.वि.स.को वडा नं. ८ मा बसोबास गर्ने विश्वकर्मा जातिहरु सुकुम्बासीको रुपमा रहेका छन् ।
विकासको कुरा गर्दा यस गा.वि.स.मा अहिलेसम्म सडक पुग्न सकेको छैन भने केही ठाउँमा साना तथा लघु जलविद्युतको उत्पादन गरिएको छ भने केही अन्य ठाउँमा लघुजलविद्युत परियोजना भने लागु हुने क्रममा रहेको छ । केही वडाहरुमा भने सोलार सेवा विस्तार भएको छ । स्वास्थ्यको कुरा गर्दा यस गा.वि.स.मा एउटा मात्र इलाका स्वास्थ्य चौकी रहेको छ । ५ जना दरवन्दी रहेको स्वास्थ्य चौकीमा सबै कर्मचारी नहुँदा सामान्य रोगका बिरामी समेत समस्यामा पर्ने गरेका छन् । सरकारले निशुल्क वितरण गर्ने औषधी समेत यहाँका बासिन्दाहरुले पाउन सकेका छैनन् । यहाँ अझै पनि झाँक्रीको विश्वास गर्ने र रूढीबादी चलन विद्यामान छ । सामान्य तथा सामान्य रोगमा कारणले समेत मानिसहरुले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था छ ।
शिक्षाको कुरा गर्नुपर्दा सदरमुकामबाट करीब ३ दिनको पैदल यात्रामा पुग्न सकिने यो गा.वि.स.मा मुक्रापदेवी उ.मा.वि., च्याम्रदेवी नि.मा.वि. सहित ४ वटा प्रा.वि. र १ निजी क्षेत्रबाट खुलेको बोर्डिङ रहेको छ । यस गा.वि.स.को शैक्षिक स्थिति भने नाजुकनै रहेको पाइन्छ । यसै गा.वि.स.मा जन्मिएका बुद्धिमान तामाङ यो देशको मन्त्री समेत भएका थिए । यहाँका केही मानिसहरु सरकारी क्षेत्रमा, सैनिक तथा प्रहरी सेवमा समेत रहेका छन् भने केही राजनीतिमा, कोही सामाजिक क्षेत्रमा र कोही नीजि क्षेत्रमा सकृय छन् । यहाँका अधिकांश मानिसहरु बैदेशिक रोजगारीको लागि विदेशिएका छन् । यहाँको आम्दानीको प्रमुख श्रोत भनेको नै बैदेशिक रोजगारबाट आएको रेमिट्यान्स नै हो । यहाँ उत्पादन भएका कृषी उपजहरु बजार पाउने अवस्था समेत रहेको छैन । यहाँ ल्होछार, घलेको ओखरे नाच, दशै तिहार, भदौ पूर्णिमा, संक्रान्ति जस्ता चाडपर्वलाई निकै महत्वका साथ मनाउने गरिन्छ । पर्यटकीय तथा धार्मिक दृृष्टिले यो गा.वि.स. अत्यन्तै महत्वपूर्ण भएपनि भौगोलिक बिकटताले गर्दा यस गा.वि.स. पछाडि परेको छ । यहाँ बहुमूल्य जडिबुटीहरु समेत पाइन्छ भने पशुपालन र हावापानी अनुसारका कृषि पनि गर्न सकिने भएकोले यस गा.वि.स.लाई राज्यले पनि विशेष महत्व दिनु पर्ने आवश्यकता छ ।
(श्री गणेश हिमाल सामुदायिक अध्ययन केन्द्रले प्रकाशन गरेको गा.वि.स. अभिलेखको सहयोगमा)
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

