Welcome Guest!
twitter facebook rss

,

मन्त्रीपरिषद अध्यक्ष रेग्मी संष्युक्त राष्ट्रसंघमा


Khil Raj Regmiआगामी असोज ४ देखि १४ गतेसम्म संयुक्त राष्ट्रसंघको ६८औं महासभामा भाग लिन अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी त्यसतर्फ जानुहुने भएको छ । चुनावी मन्त्रिपरिषद्का बेलामा राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्रीका सट्टामा परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रमण्डल पठाउने परम्पराविपरीत रेग्मी आफै जान लाग्नुभएको हो । रेग्मीका साथमा परराष्ट्रमन्त्री माधव घिमिरेसहित सरकारका महत्त्वपूर्ण पदाधिकारी प्रतिनिधिमण्डलमा सहभागी हुने र त्यतिबेला चुनावका लागि कुनै महत्त्वपूर्ण निर्णय गर्नु परे  हुन नसक्ने अवस्था आउने जानकारी स्रोतले दिए ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला २०५१ कात्तिकमा आमनिर्वाचन गराउने क्रममा महासभामा भाग लिन गएका थिएनन् । परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका कोइरालाले राष्ट्रसंघमा तत्कालीन अर्थमन्त्री महेश आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल पठाएका थिए ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रसंघीय महासभामा भाग लिन जान अध्यक्ष रेग्मीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र आगामी असोज ५ देखि १४ गतेसम्म महासभामा भाग लिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए । यसैबिच, एसियाली विकास बैंक ९एडीबी० ले वागमती नदीको तटीय क्षेत्रको सुधारसम्बन्धी आयोजनाका लागि ३ अर्ब ७० लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्ले उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।

सरकारले आगामी कात्तिक ४ र ५ गते राजधानीमा आयोजना हुने छैटौं गैरआवासीय नेपाली विश्व सम्मेलनको तयारीका लागि परराष्ट्रमन्त्री माधव घिमिरेको अध्यक्षतामा ३० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरेको छ ।

कोरियासित रेल्वे सम्झौता हुने
मुलुकमा रेल्वे विकासका लागि सरकारले दक्षिण कोरियासित सम्झौता गर्ने भएको छ । दक्षिण कोरिया सरकारले नेपालमा रेल्वे विकासका लागि सहयोग गर्न इच्छा देखाएकाले उससित सम्झौता गर्ने तयारी गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दक्षिण कोरियासित रेल्वे विकासका लागि सम्झौतामा हस्ताक्षर गर्न स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide