Intresting news Tekman photo,
आँखाको आयु ५० करोड वर्ष
								Posted by Unknown
								Published on Monday, August 26, 2013
तपाई कत्ति वर्ष बाँच्नुहुन्छ ? पचास, सय वा त्यो भन्दा केहि बढि ? तपाईलाई के लाग्छ हामी मरेपछि आँखा पनि मर्छ रे हो ? तर एउटा अध्ययनले आँखाको आयु ५० करोड भएको पत्ता लगाएको छ । तपाईको सहज उत्तर आफु जति वर्षको भइयो आँखा पनि उत्ति वर्षको नै भयो भन्ने लाग्न सक्ला । तर होइन, तपाइको उमेर कलिलै भएपनि आँखा भने निकै पूरानो हो । तपाइँ हामी सबैको आँखाको उमेर ५० करोड वर्षको भैसक्यो । वैज्ञानिकहरुका अनुसार जिवजन्तुको आँखा ५० करोड वर्ष पुरानो हो । वैज्ञानिकहरुले यो कुराको पुष्टि गर्नका लागि ७० करोड वर्ष पुरानो इतिहासलाई प्रस्तुत गरेका छन्, जुनबेला केवल एक कोषिय अमिबा, लेउ, मुगा तथा जिवाणुहरुको मात्र अस्तित्व थियो ।
वैज्ञानिकहरुले आफ्नो अध्ययनका क्रममा ओपसिन्स नामक कोषिमा ध्यान केन्द्रित गरे जो प्रकाशप्रति संवेदनशील हुन्छ । यो कोशिकाले जिवमा विस्तारै विस्तारै प्रकाशलाई पहिचान गर्न सुरु गर्यो । सोही कोशिका पछि आँखाको रुपमा विकशित भयो । जिवजन्तुमा पहिलोपटक ५० करोड वर्ष पहिले क्याम्ब्रियन युगमा आँखाको विकाश भएको वैज्ञानिकहरुको भनाइ छ ।
अस्ट्रेलियाली वैज्ञानिक ट्रेवर ल्याम्बका अनुसार ५० करोड वर्ष पहिलेको समयमा यस्ता धेरै जिवको उत्पत्ति भयो जसको एक वा दुइ आँखा थिए । ती जिवमा त्यससँगै सरीरका अन्य अंग समेत विकशित भए । तथापि त्यस समयमा धेरै जनावरको सरीरमा केवल आँखा मात्र हुन्थ्यो तर स्नायु प्रणालीको अरु भाग विकाश भैसकेको थिएन । झण्डै २० करोड वर्षको क्रम विकाशसँगै जिवजन्तुमा अहिलेको जस्तो विकशित आँखाको विकाश भएको हो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

