National news,
दोहोर्याएर समानुपातिक सभासद बन्न एमालेमा नपाइने
								Posted by Unknown
								Published on Thursday, August 22, 2013
 ६ भदौ, काठमाडौं । नेकपा एमालेले आगामी संविधानसभाको चुनावका लागि प्रत्येक
 चुनाव क्षेत्रबाट एक महिलासहित ३/३ जना उमेद्वारको नाम सिफारिस गर्न 
जिल्ला कमिटीलाई निर्देशन गरेको छ । साथै अघिल्लो संविधानसभामा 
समानुपातिकतर्फबाट सभासद भएकालाई विशेष अवस्थामा बाहेक फेरि समानुपातिकको 
सूचीमा नराख्ने निर्णय गरेको छ ।

पार्टी मुख्यालय बल्खुमा विहीबार बसेको 
स्थायी कमिटीको बैठकले भदौ २० गतेभित्र उमेद्वारको नाम पठाउन निर्वाचन 
क्षेत्र र जिल्ला कमिटीलाई परिपत्र गर्ने निर्णय गरेको हो । ‘स्थायी 
कमिटीको बैठकले उमेद्वारहरुको नाम पठाउन जिल्ला कमिटीलाई सर्कुलर गर्ने 
निर्णय गरेको छ’-स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीले अनलाइनखबरलाई 
बताउनुभयो ।
प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्दा 
प्रतेक निर्वाचन क्षेत्रबाट एक जना महिला हुनु पर्ने भने पार्टीको 
कारवाहीमा परेको भए ६ महिना पूरा भएको हुनु पर्ने लगायतको मापदण्ड तोकेको छ
 । एमालेले समानुपातिकतर्फका लागि हरेक निर्वाचन क्षेत्रबाट २ जनाको नाम 
पठाउन भनेको छ । तर, विशेष अवस्थामा बाहेक पहिलेका समानुपातिक सभासदले फेरि
 समानुपातिक उमेद्वार बन्न नपाउने भएका छन् ।
विशेषज्ञ, दलित, महिला, जनजाति र तराई 
मधेसको प्रतिनिधित्वका लागि भने अघिल्लो संविधानसभामा समानुपातिबाट सभासद 
भएकालाई पनि उम्मेदवार बनाउन सकिने सचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।
स्थायी कमिटीको बैठकले चुनावी रणनीति 
बनाउन भदौ १५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । स्थायी 
कमिटीले चुनावी घोषणापत्र बनाई केन्द्रीय समितिमा पेश गर्नेछ भने 
जिल्लाहरुबाट आएको उम्मेदवारहरुको सूची पनि केन्द्रीय समितिमा पेश गरिने 
एमालेले जनाएको छ ।
बैठकले पूर्वअर्थमन्त्री भरतमोहन 
अधिकारीको संयोजकत्वमा आर्थिक परिचालन कमिटी गठन गरेको छ । पार्टीभित्र 
देखा परेको विवाद समाधानका लागि दुबैपक्षका कुरा सुनेर नेतृत्वले हल गर्ने 
स्थायी कमिटीमा सहमति भएको एमाले नेताहरुले बताएका छन् ।
 
 हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.