Welcome Guest!
twitter facebook rss

,

भारतले नेपाललाई ७ सय ६४ वटा गाडि सहयोग गर्ने

भारत सरकारले निर्वाचन प्रयोजनका लागि भन्दै नेपाललाई ७ सय ६४ वटा गाडि सहयोग गर्ने भएको छ । सो गाडी सुरक्षा निकायलाई ७ सय १६ र निर्वाचन आयोगलाई ४८ वटा उपलब्ध गराईनेछ ।
मन्त्रीपरिषद्का अध्यक्ष खिलाराज रेग्मी र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री सलमान खुर्सिदबिच आज भएको भेटमा निर्वाचन प्रयोजनकालागि गाडी दिने सहमति भएको हो । सम्झौतामा अर्थसचिव शान्ताराज सुवेदी र नेपालका लागि भारतीय राजदुत जयन्त प्रसादले हस्ताक्षर गर्नुभएको हो । भारतले मंसीरमा हुने निर्वाचनका लागि जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
यसैबीच, बिदेशमन्त्री खुर्सीदले राष्टपति डा रामबरण यादवसंग मध्यान्ह भेटवार्ता गर्नुभएको छ । राष्टपति कार्यालय शितल निवासमा भएको भेटमा उहाँहरुबीच दुइपक्षिय हित र आपसी सम्बन्धका बिषयमा छलफल भएको बताइएको छ ।
नेपाल र भारतबीच दार्चुलाका बाढि पीडितको राहतका लागि संयुक्त रुपमा कामगर्ने विषयमा पनि सहमती भएको छ । भारतीय पक्षको लापरबाहिका कारण दार्चुलामा ठुलो क्षति भएको भन्दै आलोचना भएपछि भारतले यससम्बन्धी सहयोगको आश्वासन दिएको हो ।
विदेशमन्त्री खुर्सीद एयर इन्डियाका बिशेष विमानमार्फत ४ सदस्यिय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज विहान ९ बजे काठमाडौ आइपुग्नु भएको थियो । अन्तराष्ट्रिय बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै आफु निर्वाचनलाई सहयोग गर्न नेपाल आएको र नेपालको आन्तरिक मामिलामा भारतले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको थियो । नेपाल–भारत सम्बन्ध बहुआयामिक रहेको चर्चा गर्दै उहाँले नेपालको विकास प्रयासमा भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
मन्त्री खुर्सिदलाई विमानस्थलमा परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई, नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद, परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीका साथै नेपालस्थित भारतीय दूतावासका उच्चपदस्थ अधिकृतहरुले स्वागत गर्नुभएको थियो । विदेश मन्त्रालय सम्हालेपछि खुसिर्द पहिलोपटक नेपाल भ्रमणमा आउनु भएको हो । खुर्सीद आज सांझ ६ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide