Sport news,
यु–१६ फुटबल च्याम्पियनसीपको उपाधि भारतलाई, खेलपछि दर्शकको नाराबाजी
								Posted by Unknown
								Published on Tuesday, July 30, 2013

राजधानीमा सम्पन्न साफ यु–१६ फुटबल च्याम्पियनसीपको उपाधि भारतले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंशगालामा आज सम्पन्न फाईनल खेलमा घरेलु टोली नेपाललाई १–० ले हराँउदै भारतले उपाधि जितेको हो । नेपाल भने भारतको जित सँगै उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ । जितका लागि भारतका जेरी लालरेन्जुलाले १८ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि नेपालले गोल फर्काउने केही मौका पाएपनि त्यसलाई सदुपयोग गर्न भने सकेन ।
यसअघि नेपालले बंगलादेशलाई पाँच एक ले हराउदै पहिलो पटक फाइनल यात्रा तय गरेको हो भने भारतले टाइब्रेकरमा अफगानिस्तानलाइ चार तीनले हराउदै नेपालसँगको भेट पक्का गरेको थियो । दुई वर्षअघि काठमाडौंमा नै भएको पहिलो संस्करणको फाइनलमा पाकिस्तानसँग हारेको भारतले त्यसको बदला यो पटक नेपालसँग लिएको हो । पहिलो संस्करणमा नेपाल भारतसँगै सेमिफाइनलमा पराजित भएको थियो । यस्तै नेपाल आर्मीको मैदान लगनखेलमा तेस्रो स्थानका लागि भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई १–० ले हराएको छ ।
यसैबिच, उपाधीका लागि भएको भिडन्त खेलमा भारतसँग नेपाल पराजित भएपछि दर्शकले नाराबाजी गरेका छन् । दर्शकहरुले नाराबाजी गरेपछि प्रहरीले एक्कासी लाठी चार्ज गरेको छ । लाठी चार्ज गरेपछि त्यहाँ भागदौड समेत मच्चिएको थियो । एन्फाले भने प्रहरीलाई बल प्रयोग नगर्न आग्रह गरेको थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

