Political News,
दाहालको प्रस्तावमाथिको निष्कर्ष प्रस्तुत
								Posted by Unknown
								Published on Saturday, July 20, 2013
०५ श्रावण, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहालको सांगठानिक प्रस्तावमाथि भएको समूहगत छलफलको अहिले निष्कर्ष प्रस्तुत हुँदैछ । शनिबार विहानदेखि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुतपछि बिस्तारित बैठकमा प्रस्तावमाथि धारणा राख्ने क्रम सुरु हुनेछ ।
ललितपुरस्थित खन्ना गार्मेन्टमा हिजोदेखि सुरु भएको बिस्तारित बैठकमा अध्यक्ष दाहालले ‘विशेष साङ्गठनिक तथा राजनीतिक प्रस्ताव’ पेस गर्नुभएको थियो । अध्यक्ष दाहालको सो प्रस्तावमा अध्यक्ष पद मात्रै राखेर सबै पदाधिकारीलाई केन्द्रीय समिति सदस्यका रूपमा राख्ने प्रस्ताव गरिएको बैठकका सहभागीले बताएका छन् । पद त्यागको घोषणा गरेका उपाध्यक्ष डा बाबुराम भट्टराईले वरिष्ठ नेतामा समेत रहन अस्वीकार गरेपछि पार्टीमा अध्यक्ष मात्रै राख्ने प्रस्ताव गर्न लागिएको हो ।
तत्कालका लागि सङ्क्रमणकालीन व्यवस्था गरेर पार्टीलाई संविधानसभाको निर्वाचनमा केन्द्रित गर्ने र सो निर्वाचनपछि राष्ट्रिय सम्मेलनको आयोजना गरेर साङ्गठनिक कार्यदिशा तय गरिने प्रस्तावमा उल्लेख छ । अध्यक्ष दाहालको प्रस्तावमाथि छलफल गर्नका लागि १६ वटा समूह निर्माण गरिएको थियो । ती समूहमा राज्य समूह, युवा परिचालन, सूचना तथा सञ्चार, अन्तर्राष्ट्रिय र केन्द्रीय कार्यालयको समूह, सल्लाहकार समिति र जनवर्गीय मोर्चाको समूह रहेका छन् ।
अध्यक्ष दाहालले प्रस्तुत गरेको सो प्रस्तावमा तत्कालका लागि पार्टीका पदाधिकारीहरू हटाई अध्यक्ष मात्रै राखेर सबै पदाधिकारीलाई केन्द्रीय समिति सदस्यका रूपमा राख्ने प्रस्ताव गरिएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । असारको मध्यतीर बसेको एमाओवादीको केन्द्रिय कमिटि बैठकमा पदिय बिबाद उत्कर्षमा पुगेपछि बिस्तारित बैठक आह्वान गरिएको हो । बैठक भोली सम्म चल्ने एमाओबादलिे जनाएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

