Sport news,
गोखा कपको उपाधि मनाङ मस्र्याङदीलाई
								Posted by Unknown
								Published on Saturday, June 15, 2013
फाईनल खेलमा नेपाल आर्मीका लागि भने कासीराज कार्कीले २९ औँ मिनेटमा गोल गरेका थिए । यससँगै नेपाल आर्मीलाई ४–१ गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङदी उपाधि जित्न सफल भएको हो ।
निक्कै रोमाञ्चक रुपमा सम्पन्न खेलमा उपाधिको दाबेदार मानिएको आर्मीले मनाङलाई पराजित गर्ने दाउ गुमाएको छ । मनाङ समुह चरणमा भोग्नुपरेको पराजयको बदला दिने प्रयासमा मैदानमा उत्रिएका थिए । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना र गोर्खा ग्रुपको प्रायोजनमा सम्पन्न गोर्खा कपको विजेता मनाङलले नगद रु १० लाख र उप–बिजेता नेपाल आर्मीले पाँच लाख हात पार्न सफल भएका छन् ।
यसअघि टुसाललाई १२–० गोल अन्तरले हराउँदै मनाङ खेलको अगाडी बढेको थियो । आर्मी ब्वाइज युनियनलाई ३–० र मनाङ लिग च्याम्पियन थ्रीस्टारलाई १–० ले हराउदै फाइनलमा पुगेका थिए । प्रतियोगितामा ए डिभिजनमा रहेका १३ क्लब, मोफसलका दुई र यस वर्षको बी डिभिजन लिग फुटबल क्लबका विजेता गरी १६ क्लबले चार समूहमा विभाजित भई प्रतिस्पर्धा गरेका थिए । गत वर्ष नेपाल प्रहरी क्लबले ब्रिटिस गोरखा कपको उपाधि हात पारेको थियो । प्रहरीले थ्रीस्टार क्लबलाई २–० शून्य गोलअन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको थियो ।
ब्रिटिस गोर्खा, भारतीय गोर्खा र सिङ्गापुर पुलिसका भूपूहरु सहभागी गोर्खा ग्रुपको प्रायोजनमा प्रतियोगिता भएको हो । यसअघि नेपाली फुटबलमा सबैभन्दा धेरै पुरस्कार राशी भएको प्रतियोगिताको रुपमा लगातार तीन वर्ष संचालन गरिसकेको गोर्खा कप फुटबल प्रतियोगिता आगमी तीन वर्ष सम्म संचालनको लागि एन्फा र गोर्खा ग्रुपवीच सम्झौता भएको छ ।
यसैबिच अहिले गोर्खा ग्रुपको प्रायोजनमा आयोजित चौथो संकरणको गोर्खा कप फुटबल प्रतियोगिताको विजेतालाई पुरस्कृत गरिदै छ । उत्कृष्ठ फिेन्डर्स मनाङका सागर थापा, उत्कृष्ट मिडफिल्डर नेपाल आर्मीका टेकबहादुर बुढाथोकि, उत्कृष्ठ स्ट्राईकर नेपाल आर्मीका नरेश मेथे, र उत्कृष्ठ प्रशिक्षक नरेश पन्त घोषित भएका छन् । त्यस्तै सवोत्कृष्ठ खेलाडीको रुपमा आर्मीका टंक बस्नेत भएका छन् । उनले एक थान मोटरसाईकल पाएका छन् । खेलको गोर्खा एफ्.एफ् ९३ मेगाहर्जले प्रत्यक्ष प्रसारण गरेको थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

