Sport news Tekman photo,
करातेमा मध्यमाञ्चल ७ स्वर्णसहित शीर्ष स्थानमा
								Posted by Unknown
								Published on Sunday, June 16, 2013
०२, आषाढ काठमाडौं । प्रथम राष्ट्रिय विद्यालय खेलकुद (जुनियर च्याम्पियनसिप) को करातेमा मध्यमाञ्चल ७ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ । शनिबार ५ स्वर्ण जितेको मध्यमाञ्चलले अन्तिम दिन आईतबार २ स्वर्ण थप्दै स्वर्ण संख्या ७ पु¥याएको हो ।
यस्तै सुदूरपश्चिमाञ्चलले २ स्वर्ण हात पारेको छ भने पश्चिमाञ्चलले १ स्वर्णमा सीमित हुन पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ओलम्पियन सेमीकभर्डहलमा भएको पुरुषको ४७ केजीमा सुदूरपश्चिमाञ्चलका राजेन्द्र रोकाया पहिलो भए ।
फाइनलमा उनले मध्यमाञ्चलका अरुण डंगोललाई पाखा लगाए । पूर्वाञ्चलका विनय लिम्बू र पश्चिमाञ्चलकी सम्पूर्ण गुरुङले कांस्य प्राप्त गरे ।पुरुषको ५२ केजी फाइनलमा मध्यमाञ्चलका प्रवीण मानन्धर, महिलाको ४५ केजीमा पश्चिमाञ्चलकी रुविष्का तामाङ र महिलाको ५० केजीमा सुदूरपश्चिमाञ्चलकी सुनिता सुनारले स्वर्ण चुमिन् । फाइनलमा सुनिताले पश्चिमाञ्चलकी रेखा विष्टलाई निराश पारिन् ।
राखेपअन्तर्गत विद्यालय खेलकुद विकास बोर्डको तत्वावधानमा एनप्याब्सन,प्याब्सन र हिसानद्वारा आयोजित प्रतियोगिताको सातौं दिनको समाप्तिसम्म ६ खेल सम्पन्न भएको छ । एथलेटिक्स, क्रिकेट, कबड्डी, बाघचाल, उसु र कराते सम्पन्न भए । राष्ट्रिय विद्यालय खेलकुदमा १३ खेल समावेश छन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

