National news news,
जंगलमा होईन गाउँमा कालोपत्रे हुनुपर्यो
								Posted by Unknown
								Published on Saturday, June 15, 2013
 ०१ आषाढ, काठमाडौं । काठमाडौंको जरसिंह पौवादेखि सिन्धुपालल्चोकको फट्केश्वरसम्म पिच भइरहेको सडक पहिला बस्तीमा कालोपत्र गर्न स्थानीय माग गरेका छन् । गाउँ छाडेर जंगलमा पिच गरेको भन्दै स्थानीयले पहिला गाउँमा कालोपत्रे गर्न माग गरेका हुन् ।
०१ आषाढ, काठमाडौं । काठमाडौंको जरसिंह पौवादेखि सिन्धुपालल्चोकको फट्केश्वरसम्म पिच भइरहेको सडक पहिला बस्तीमा कालोपत्र गर्न स्थानीय माग गरेका छन् । गाउँ छाडेर जंगलमा पिच गरेको भन्दै स्थानीयले पहिला गाउँमा कालोपत्रे गर्न माग गरेका हुन् ।पाङ्ग्रेबासदेखि सिन्धुपाल्चोकको सीमानासम्म ५ किलोमिटिर पिच गर्ने ठेक्का पाएको लोहनी एण्ड ब्रदर्शले बस्ती सडकमा पिच नगरेकाले स्थानीयले छारो धूलो उडेर स्वास्थ्यमा पसर परेको भन्दै गाउँमा पिच गर्न माग गरका हुन् ।
गाउँमा पिच नभएसम्म जंगलमा पिच गर्न नदिने भन्दै स्थानीयले छापभञ्ज्याङ–फट्केश्वर खण्डमा भइरहेको काममा अवरोधसमेत गरेका छन् । स्थानीय दीपक आचार्यले बस्तीमा पिच नगरी जंगल पिच गर्न नदिने भन्दै काम गर्न नदिएको बताए ।
उनले भने, ‘बस्तीमा पिच नगरी जंगलमा गर्नुले हामी सशंकित भएका छौँ । आज भोलि भन्दै बस्तीमा पिचै नगरी ठेकेदार जान सक्ने भएकाले अवरोध गरेका हौँ । गाउँमा पिच नगरी जंगलमा गर्न दिँदैनौ ।’
लोहनी एण्ड ब्रदर्शका धु्रव भट्टराईले चाँडै बस्तीमा पनि पिच गरिने बताए । स्थानीयलाई काममा अवरोध नगर्न आग्रह गर्दै चाँडै बस्तीमा पनि पिच गर्ने उनले दाबी गरे । १३ किलोमटिर पिचका लागि जिविस काठमाडौंमाफर्त गा्रमीण पुनस्निर्माण तथा पुनस्स्थापना परियोजनाले का गरिरहेको छ ।
निर्माणका लागि परियोजनाले १३ करोड रुपैयाँ विनियोजन गरेको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

