National news,
निर्वाचन मितिको घोषणा प्रक्रिया अघि बढाउने ।।
								Posted by Unknown
								Published on Monday, March 25, 2013
१२ चैत्र, काठमाडौं । निर्वाचन आयोगले कानुनी, प्राविधिक जटिलता तथा राजनीतिक सहमतिपछि मात्र निर्वाचन मितिको घोषणा प्रक्रिया अघि बढाउने भएको छ । आयोगको आज बसेको बैठकले कानुनी र प्राबिधीक समस्या सुल्झेपछि मात्रै निर्बाचनको मिति तोक्ने निष्र्कष निकालेको हो । राजनैतिक सहमतिका आधारमा निर्बाचनको मिति तोक्ने प्रमुख निर्बाचन आयुक्त निलकण्ठ उप्रतिले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा प्रमुख दलहरुसँग छलफल गर्ने र दोस्रो चरणमा आयोगमा दर्ता भएका सबै दलसँग छलफल गर्ने बताउनुभयो । साथै उहाँले देशका मतदाता नामाबली संकलनमा अबरोध नगर्न पनि सबैसँग आग्रह गर्नुभयो । असार पहिलो साताभित्र चुनाव गर्न ३ महिना भन्दा कम समय बाकी रहेको अवस्थामा छोटो समयमा गर्न सकिने कामको सूचि बनाएर तत्काल कार्यान्वयनमा लगिने आयोगको तयारी छ । यसैबिचनिर्वाचन आयोगमा भएको पदाधिकारी नियुक्ती खारेजीको माग गर्दै सर्वोच्च अदालतमा आज रिट दायर भएको छ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती र आयुक्तहरु डाक्टर दोलखबहादुर गुरुङ र अयोधी यादवको नियुक्ती संविधान विपरित भन्दै प्रवीणकुमार लाभ र हरेराम शाहले रिट दायर गर्नुभएको हो । अन्तरिम संविधानको धारा १ सय २८ को उपधारा ३ र ७ विपरित एक कार्यकाल सकिएकालाई पुनर्नियुक्ती गरिएको भन्दै रिट दायर गरीएको उनिहरुले बताएका छन ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

