Welcome Guest!
twitter facebook rss

,

असारमा नै निर्वाचनमा लाग्न दलहरुलाई राष्ट्रपतीले आग्रह गर्यो।।


१७ चै, काठमाडौं । राष्ट्रपति डाक्टर रामबरण यादवले असार पहिलो साताभित्रै निर्वाचन गर्ने तयारीमा लाग्न दलहरुलाई आग्रह गर्नुभएको छ । शनिवार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा प्रमुख दलका शिर्ष नेताहरुसँग राष्ट्रपति यादवले यस्तो आग्रह गर्नुभएको हो । भेटमा राष्ट्रपति यादवले देशको पछिल्लो राजनीतिक अवस्था र संबिधान सभाको निर्वाचनका बिषयमा चासो व्यक्त गर्नुभएको एमाले उपाध्यक्ष बामदेव गौतमले बताउनुभयो । 

जवाफमा नेताहरुले भने सरकारले छिट्टै निर्वाचनको मिति घोषणा गर्ने र असार भित्रै निर्वाचन हुने गरी तयारी गरिरहेको बताएका थिए । साथै अन्तरीम चुनावी परिषद्लाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समितिका गतिबिधि बारे पनि राष्ट्रपति यादवलाई अवगत गराएको गौतमले जानकारी दिनु भयो । राष्ट्रपति यादवले नेकपा–माओवादी, मधेसी जनअधिकार फोरम नेपाल लगायत आन्दोलनमा रहेका साना दलहरुलाई सहमति ल्याउने बिषयमा भएका प्रयास वारे दलहरुको ध्यानाकर्षण गराउनु भएको थियो । यथास्थितिमा निर्वाचनमा जान नसकिने वताउँदै उनीहरुलाई छिट्टो वार्तामा बोलाउन प्रमुख चार राजनीतिक शक्ति र सरकार सहमत भएपनि त्यसको औपचारिक टुंगो भने लागिसकेको छैन । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide