Article,
वैदेशिक रोजगारी भित्रका अनुत्तरित सवाल-भुवन पौडेल, सहचारीनेपाली दूतावास कुवेत ।
								Posted by Unknown
								Published on Wednesday, August 1, 2012
कान्तिपुरको असार तेइसमा प्रकाशित एक समाचारले मेरो आखाँ खिच्यो । मकवापुरका जिल्ला न्यायधीश टेकनारायण कुँवरको इजालसले गरेको निर्णयले एक चेलीलार्इ बहराइन पुर्याएर यौनशोषणमा बाध्य पारेको अभियोगमा कमला रूम्बालार्इ विस वर्ष जेल सजाय गरेको थियो । वैदेशिक रोजगारको नाममा हुने अपराधिक कार्यको अदालती दण्ड सजायका फैसला कमै हुने गर्छन्, यसमा दलालले राम्रै पैसाको खोलो बगाउने हुँदा यसले अदालत सम्म पनि जरा गाडेको छ कि भन्ने आशंका जनमानसमा पैदा गर्यो । वैदेशिक रोजगारीको शिलशिलामा खाडी राष्ट्रमा पठाउने व्यक्तिलार्इ जिउ मास्ने बेच्ने ऐन अन्तर्गत यसरी सजाय गरिएको सम्भवत यो पहिलो घटना रहेछ ।
दुःखको कुरा जिल्ला अदालतको निर्णयलार्इ पुनरावेदनको लापर्वाहीले गर्दा थुनामा हुनुको सट्टा फरार भएकी छन् कारण उही आर्थिक लेनदेन नै हो । आज देशमा रोजगारको ग्यारेण्टी हुन नसक्दा हाम्रो रहर भन्नु या वाध्यताको रूपमा विकल्परहित वनेको वैदेशिक रोजगारी कतिलार्इ फलिफाप त कतिलार्इ सडकको वास बन्न पुगेको छ । वैदेशिक रोजगारी बजारको सही विश्लेषण नीति निर्माण गर्न सरकारले नसकेको कारण यो व्यवसाय व्यवसायी तथा दलालको पञ्जामा रहेको छ । वैदेशिक रोजगारसँग सरोकार राख्ने कानूनहरू व्यबहारिक नहुनु र भएका कानूनहरूको कार्यान्यन फितलो हुनु स्वदेशमै कतै काम नलाग्ने भए विदेश जा भन्ने मानसिकता हाम्रो समाजमा छ । नेपालीहरू काम नलाग्ने, लाहुरे संस्कृति तथा देशमै सानोतिनो काम नगर्ने प्रवृर्तिले गर्दा विदेशिने गर्छन तर विदेशमा सो भन्दा पनि निज काम गर्न भने उनीहरूमा कुनै ग्लानी हुदैन ।
Pre Departure Orientation training लार्इ प्रभावकारी गराउनुपर्ने टड्कारो आवश्यकता छ । यसको लागि सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगमा कार्यरत कर्मचारीबाट दिनसकेको खण्डमा धेरै हदसम्म कसरी ठगिरहेका हुन्छन् अनि कस्ता कस्ता कठिनाइहरू सामना गर्नु पर्दछ साथै ती र त्यस्ता यावत समस्याबाट कसरी बच्न सकिन्छ भन्नेबारे pre Mind set up गर्न सक्दछन् । दक्ष र अनुशासित जनशत्ति नपठाउनु भनेको श्रम बजारको इमेजलाइमा भाइरस छिराउनु हो भन्ने कुराको ज्ञात हुनु जरूरी छ । करिब तीस लाखको हाराहारीमा रहेका नेपालीहरूको सरोकारको विषय हो यो । नेपालको अर्थतन्त्रको कूल गाहर्स्थ उत्पादनमा एक्काइस प्रतिशत हिस्सा यिनै रोजीरोटीको खोजीमा भौतिरीकाले पठाउने रेमिट्यासको छ । अहिले देशको कुल जनसंख्याको करिव १/५th अर्थात २०.३ प्रतिशत संख्या वाहिर रहेको छ भने प्रत्येक घरमा तीन जना बराबर एक जना विदेशमा रहेका छन् भने प्रत्येक दिन एघार सय भन्दा बढी नेपालबाट बाहिर जान्छन। ५५.८% घर परिवारले विप्रेषण प्राप्त गर्दछन जसको कारण नेपालको गरीवी २६% मा झरेको २०११ को रिर्पोटले देखाएको छ ।
त्यस्तै नेपालीको क्रय शक्ति बढेको छ भने स्वदेशमा उत्पादन घट्न गइ प्रत्येक वर्ष व्यापार घाटा बढी रहेको छ । वैदेशिक रोजगारीले भित्र्याएका नकारात्मक तथा सामाजिक विचलनको मात्रा पनि बढ्दो छ । विदेशमा श्रीमान श्रम गर्ने घरमा श्रीमतीले अर्को विहे गर्ने तथा यदि श्रीमान नेपालमा छ भने श्रीमानले कान्छी ल्याउनु सामान्य भर्इ सक्यो भने कतिपयले विदेशमै अर्कैसगँ विहे गरेर नेपालको परिवार वच्चा वच्चीको नै विचल्ली बनाएका छन् । भने विदेशमा भने जस्तो काम नपाएर दुःख पाउनेहरूको घर परिवारमा मानसिक असन्तुलन बढेको कुरा विराटनगरको एक अस्पतालको वरिष्ट चिकित्सकले यसबारे दिनानुदिन बढ्दो रहेको रिपोर्ट पत्रिकामै पढ्न पाइएको थियो । त्यस्तै भर्खर साउदीमा बाह्र बर्षमा तीन हजार नेपालीले ज्यान गुमाएको रिपोर्ट बाहिर आयो ।
यति ठूलो मृत्यु संख्याले नेपालीको तीन हजार परिवारको भविष्य जोडेको छ भने यस भित्रको पीडा कसरी नाप्ने परिवारको पारिवारिक अवस्था कती दयनीय भएको होला कतिपयको वुवा प्रदेशमा छ भनेर बच्चा बच्ची निजी स्कूल पढिरहेको खुसीमा बज्रपात भए पछि बिजमै छाडेर अन्धकार भविष्य भएका होलान कतिपयको गणेश बहादुर बस्नेत का बुवा आमाको जस्तो अवस्था भएको छ यी र यस्ता धेरै अनगिन्ती सवालहरू बैदेशिक रोजगारीले उत्पन्न भएका दिर्घकालसम्म असर पार्ने कुरा हुन । त्यस्तै आज प्रत्येक दिन सरदर तीन जनाको लाश नेपाल आउने गरेको छ, आत्महत्या, देशको कूल उत्पादक्तमा ह्रास, पारिवारिक विचलन छोडपत्र बढेको साथै विभिन्न किसिमका रोगहरू स्वदेशमा भित्रिएका पनि छन ।
बैदेशिक रोजगार बाट फर्केकाहरूको शीपलार्इ देश विकाशमा उपयोग गर्नु साथै विदेशमा रहेका नेपालीहरूलाइ स्वयम पनि देश विकासमा सहयोग गर्न भन्दै प्रोग्राम लिएर सरकार प्रस्तुत हुनसके धेरै फाइदा हुन सक्छ अहिले पोखरा तथा वारा विमानस्थललाइ स्तरोन्नति तथा अन्तराष्ट्रिय विमानस्थल बनाउन दाता खोजिरहेकोमा के नेपालीहरूलार्इ सहयोग अपिल गरेमा कुनै दाता जरूरी पर्दैन यसको उदाहरण छिमेकी भारतको केर्लामा रहेको विमानस्थललाइ लिन सकिन्छ जो विदेशमा रहेका केर्लाबासीको सहयोगमा निर्माण भएको हो । यी यस्ता धेरै काम गर्न सम्भव नहुने होइन हामीले
अव यति ठूलो सरोकारको विषयलार्इ कसरी व्यवस्थित तथा मर्यादित बनाउने भनेर गहन छलफल र गृहर्काय गर्नुपर्ने वेला छ । वैदेशिक रोजगारी देशको ठूलो हिस्सा बन्दै गइरहेको परिपेक्ष्यमा अब हाम्रा क्याम्पस तथा स्कूलको कोर्समा पनि राख्नु पर्ने जरूरी देखिन्छ । हामीले श्रम कूटनीतिलार्इ आर्थिक कुटनीतिको एक अंशको रूपमा अंगिकार गरीसकिएकोछ । रोजगारीका गन्तव्य मुलुकहरू नेपाल भनेपछि केवल अदक्ष कामदारलार्इ लिने देशको रूपमा बुझेका छन। दक्ष कामदार भित्र्याउन कुनै कम्पनिले नेपालबाट लिन चाहदा चाहदै र दूतावासमा माग पत्र पेश गरिसकेपछि पनि कतीपय मुलुकका राजदूतले उनीहरूको मुलुकबाटै ल्याउन अनुरोध गरी उक्त कामदार उक्त देशबाटै ल्याएर नेपालले ठूलो अवसर गुमाउनु परेको छ । कतिपय अवस्थामा हाम्रा राजदूतहरू पनि श्रम कूटनीति भन्दा डिनर कूटनीतिमा रमाउनु र श्रम बजारको राम्रो विश्लेषण गर्न नसक्नु हो । के हामीले दक्ष जनशक्ति पठाउन सक्दैनौं । देशको प्रतिनिधि बनेर जाने राजदूतले सो कुराको विश्वस्त-ग्यारेन्टी दिलाउन सक्ने की नसक्ने । अब हाम्रो श्रम कूटनीतिको दायरालार्इ व्यापक बनाइनु पर्छ । हाम्रो परराष्ट्र नीति Country Based Relation मा आधारित हुनु पर्दछ न की असंलग्नतामा, आपसी स्वार्थमा आधारित हुनु पर्दछ ।
भारतको विदेश नीति सम्बन्धमा भर्खरै एउटा समाचार प्रकाशित भएको थियो इरान मुद्दामा । भारतले कस्तो कूटनैतिक भूमिका खेल्यो बढो चतुर्याइ पाराले उसले अमेरिकाले जस्तो इरानमा नाकाबन्दी पनि स्वीकार गरेन अनि फेरि गल्फ देशमा रहेका भारतीयको ठूलो हिस्साको कारण गल्फ देश इरानको विरूद्ध हुदाँ पनि उसले सम्बन्धलार्इ व्यालेसमा राखि इरानबाट तेल पनि आयात गरिरहेको छ भने गल्फमा श्रम तथा व्यापारको ठूलो हिस्सा ऒगटेको छ न की अमेरीकाको पछि लागेर हुदैन देशको वास्तविकता तिर जानु पर्छ भन्ने उदाहरणमात्र दिन खोजेकोछ । आज यूरोपियन यूनियनका सदस्य राष्ट्र आर्थिक शंकटमा पर्नु पनि आकलन नगरी देशको वास्तविकता नहेरी अमेरिकाको विदेश नीतिलार्इ नतमस्तक भएर अनुशरण गर्नु हो भनेर चर्चा गर्ने गरिएको छ ।
अहिले अमेरीकालार्इ आर्थिक संकटले गर्दा नै पूर्व अमेरिकी विदेश मन्त्री कोन्डालिजा राइसको भनाइमा Leading From Behind मा पुगेको छ । अन्तराष्टिय मुद्रा कोषमा आज अमेरिकाले सहयोग उपलब्ध गराउन सकेको छैन जबकी भारत ब्राजिल दक्षिण अफ्रिका तथा चीनले ठूलो सहयोग गर्ने आश्वासन दिइ अन्तराष्ट्रिय राजनितिमा पश्चिमाको बढ्दो प्रभावलार्इ केही हद सम्म कमजोर बनाइ अन्तराष्ट्रिय समुदायमा आफूलाइ ठूलो शक्तिको रूपमा स्थापित गरिसके । अब हामी पनि छिमेकीबाट पाठ सिकेर केही गर्नेकी टुलुटुलु हेरी रहने……………..।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.





 

